सहयोगी मनका कमान खड्का,आफ्नै खर्चमा बाड्छन् भुकम्प पिडितलाई राहत
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोटको रामीडाडालाई केन्द्रविन्दु बनाएर कार्तिक १७ गते गएको भुकम्प जाजरकोटी नागरिकको जीवनमा कालो दिन बन्यो । उसै त जाजरकोट बेला बखतमा यस्ता पीडाबाट गुज्रिरहेको छ । कहिले झाडा पखालाको रुपमा त कहिले स्वाइन फ्लुको रुपमा । यस्तै विपतीले जाजरकोटलाई सायदै छोडेको हुदैन । २०८० सालमा भने भुकम्पको स्वरुप ल्याएर जाजरकोटी नागरिकलाई पिडा दिन फेरी आयो । यस्ता विपत्तिसंग पटक पटक जुधिरहेको जाजरकोटलाई मलम लगाउनेहरुको व्यक्तिहरुको संख्यामा अग्रपंक्तिमा आउने नाम हो कमान खड्का ।
भेरी नगरपालिका २ मा जन्मिएका कमान खड्का एकबेलाका जाजरकोटका सफल व्यवसायी मध्यका एक हुन् । भेरी नगरपालिका २ बाहुनथान घर भएका उनी जिल्ला सदरमुकाम जाजरकोटमा व्यवसायी गर्दै आइरहेका छन् । जनताको पीडालाई देखि नसहने उनको स्वभावले उनलाई समाजसेवामा तान्यो । खड्का अहिले जाजरकोटमा अग्रज समाजसेवीका रुपमा चिनिन्छन् ।

Open photo

यति बेला खड्का हरेक समय जनताको घरदैलोमै देखिन्छन् । भुकम्पले प्रभावित भएका जाजरकोटी जनताको पीडामा मलम लगाउन खड्का निरन्तर खटिरहेका छन् । पीडा बुझ्न र आवाज बिहिनहरुको आवाज बन्न उनी राहत लिएर जनताको घरमै पुग्छन् । जनताका समस्यालाई आफ्ना समस्याको सम्झने खड्का यतिबेला जनताको समस्याको समाधानको बारेमा सोच्दा सोच्दै कयौ रात सुत्न पाएका छैनन् । वास्तविक पिडितसम्म राहत पुग्न पर्छ भन्ने सोच भएका खड्का आफ्नै हातले राहत दिन जनताको घरदैलो सम्म पुग्छन् । यतिबेला खड्का भुकुम्प पिडितको मसियाको रुपमा चिनिएका छन् । खड्काको राहत वितरणको शैली अलि फरक छ । उनी हातमा कलम र कापी लिन्छन् र राहत लिनेहरु नामावली तयार पार्छन् । कुन राजनीतिक दलको हो भन्दा पनि कति आवश्यकता परेको हो भन्ने शब्द उनको बाली सुनिन्छ । दलित,आर्थिक विपन्न परिवारलाई प्राथिमकतामा राख्ने खड्का हुनेखाने आए दिन सकिन्न भन्छन् । उनको यही स्वभावका कारण पनि पिडितहरुले मसियाको रुपमा लिन्छन् ।

Open photo
खड्काले व्यक्तिगत र अन्य ठाउबाट राहत जुटाएर करिब तीस लाख बराबरको राहत भुकम्प पिडितहरुलाई वितरण गरिसकेका छन् । भुकम्प गएको दिन देखि निरन्तर उद्धार तथा राहत व्यवस्थापनमा लागेका उनीले आफ्नो मातहतबाटै भेरी,नलगाड र छेडागाड गरि करिब तीन हजार घरपरिवारसम्म राहत पु¥याइसकेका छन् ।

खड्काले आफ्नो व्यक्तिगत तर्फबाट नलगाड–१ चिउरीमा १० जना मृतक परिवारका विद्यार्थीहरुलाई २२ हजार ५ सय बराबरको राहत सहयोग गरेका छन् । त्यस्तै भेनपा–११ जग्तिपुरमा एक सय आठ जना एकल महिला,जेष्ठ नागरिक,मृतक परिवार,२ महिना तलको सुत्केरी र विद्यालयहरुमा गरी २ लाख १३ हजार १ सय ८० बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् । भे न पा–२ मा ३ सय १९ जनालाई २ लाख ७७ हजार ५ सय ५० र भे न पा १ मा १ सय ५५ जना भुकम्प पिडितहरुलाई र सुर्याेदय प्रावि घोयलनेटाका ३० जना विद्यार्थीहरुलाई १ लाख ६८ हजार ३ सय ७५ गरी जम्मा ६ लाख ८१ ह्जार ६ सय १५ बराबरको राहत सामाग्री बितरण गरिसकेका छन् ।

त्यस्तै खड्काले भुकम्प पिडितहरुको पीडामा मलम लगाउन अन्य निकायहरु संग पनि पहल चालिरहेका छन् । उनको पहलमा जाजरकोटमा आएको धुर्वतारा बाल बिकास समाज नागार्जुन काठमाडौले भेरी नगरपालिका २ मा रहेको शिब शंकर भवन मा बि बाहुनथानका कक्षा ६ देखि १० सम्मका २ सय ९० जना, जनता प्रावि पोखराका १ सय ५१ तथा कालिका आधारभुत बिध्यालय डिङ्गाका कक्षा ६ देखि ८ सम्मका ८२ जना र नलगाड न पा वडा १ को सिद्धकुमाखी प्राविमा १ सय ७ जना विद्यार्थीहरुलाई न्यानो पोसाक बितरण गरेको छ ।

Open photo

नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको पहलमा चाइना फाउन्डेसनद्धारा प्राप्त राहत सामग्री जाजरकोटमा खड्काकै पहलमा वास्तविक भुकम्प पिडितहरुलाई तीन सय सेट वितरण गरिएको छ ।
त्यस्तै नेकपा(एकीकृत समाजवादी)को भातृ संगठन (अनेस्वबियू) र अखिल नेपाल महिला संघ जाजरकोट जिल्लाले अस्थायी टहरा निर्माणमा सम्पूर्ण खर्च ब्यहोर्नुका साथै ५ लाख भन्दा माथिको सहयोग जिल्ला विपत ब्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल जाजरकोटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
खड्का अझै थाकेका छैनन् । उनी निरन्तर राहत संकलनमा लागि रहेका छन् । विपदका बेला अभिभावकको भूमिका खेलिरहेका खड्का प्रति जनता खुसी छन् । विद्यार्थी, सुत्केरी र ७० नाघेका वृद्धवृद्धाहरु विशेष प्रभावित भएका कारण उनीहरुलाई लक्षित गरी आगामी दिनमा राहत वितरण गर्ने योजना रहेको खड्काको भनाइ छ । खड्काले आगामी दिनमा भेरीका केही छुटेका वडाहरु,नलगाड,कुशे र बारेकोटमा राहत लिएर जाने योजना बनाएका छन् ।

 

Open photo
उनी निरन्तर लागि रहे पनि राहत वितरण तथा व्ष्यवस्थापनमा स्थानीय सरकार भने चुकेको उनको भनाइ छ । स्थानीय सरकारले राहत सामग्री प्रभावकारी तरिकाले वितरण गर्नु पर्नेमा रोकेको प्रति गुनासो गरेका छन् । सरकार जनता प्रति उत्तरदायित्व नभएको खड्काको आरोप छ ।

 

 

  • २४ मंसिर २०८०, आईतवार ०९:०७ प्रकाशित
  • सम्बन्धित