जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकामा बालबालिकासंग मेयर तथा बाल संबाद कार्यक्रम सम्पन्न भएको छ । “बालबालिकामा लगानी,शुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाइने ५९ औँ बाल दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो । शुक्रबार भेरी नगरपालिका ३ त्रिभुवन मा वि मा भेरी नगर स्तरीय बाल संजालको आयोजना तथा भेरी नगरपालिका,पहाडी क्षेत्र विकास अभियान जाजरकोट,पाचतारा यूवा संरक्षक मन्च जाजरकोट,सेभ द चिल्डे«न,वल्ड भिजन र नेपाली जुटौँको संयुक्त समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भेरी नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागि बालबालिकाहरुले भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिसंग सवाल जवाफ गरेका थिए । कार्यक्रममा बालबालिकाले सबै भन्दा धेरै शिक्षाको विषयमा सवाल उठाएका थिए । भेरी नगरपालिकाका कुनै विद्यालय बालमैत्री नहुदा बालबालिकाले गुणस्तर शिक्षा ग्रहनमा बाधा पुगेकोले यसलाई पालिकाले समाधान गर्न कस्तो कदम चाल्छ भनि बालबालिकाले प्रश्न गरेका थिए । त्यस्तै दरबन्दि अनुसारको शिक्षक छैनन्,यसको समाधान कहिले हुन्छ मेयर ज्यू ? भनेर प्रश्न गरेका थिए । त्यस्तै नगरपालिकाले बालबालिको क्षमता अभिवृद्धि सम्बन्धि तालिम नभएको गर्नु पर्नेमा जोड दिएका थिए ।
बालबालिकाको सवालमा जवाफ दिदै नगर प्रमुख घर्तिले पालिकाले बालबालिकाको सर्बाेत्तम हितमा रहेर काम गरिरहेको बताए । बालबालिका नै भबिष्यका कार्णाधार भएका कारण उनिहरुको भबिष्य निर्माण गर्ने पालिकाको प्रमुख दायित्व रहेको पनि प्रमुख घर्तिले बताए । पालिकालाई बालमैत्री नगर घोषणा गर्न पालिका निरन्तर लागि रहेकोले यसमा बालबालिकाले पनि साथ दिन आह्वान गरेका थिए ।
पहिलो चरणमा वडा नं १,८ र १३ लाई पूर्ण बालमेत्री वडा घोषणा गर्नेे र त्यस पछि अरु वडामा काम गर्ने थयारी रहेको प्रमुख घर्तिले कार्यक्रममा जानकारी गराएका थिए । बालबालिकामा लगानी गर्न सबै तह र तप्कालाई आह्वान गरेका थिए । कार्यक्रममा भेरी नगरपालिकाका १३ वडाबाट करिब २ सय जना बालबालिकाको उपस्थिति रहेको थियो ।