साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना
  • भिम खड्का

साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना
बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सक्रान्ति भनिन्छ । आफनै सांस्कृतिको मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन । यसको मौलिकता विशेषता के हो भने विभिन्न धार्मिक सांस्कृतिक समुदाय अनुसार साउने सक्रान्ति पर्वलाई बुझने र मनाउने तौर तरिकाहरु केहि भिन्न छन । संस्कृति अनुसार कतै लुतो फाल्ने पर्वको रुपमा र कतै इस्वरदेवताको सम्मान गर्ने रुपमा मनाइन्छ ।
ज्याृतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सक्रातिदेखि सुर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्राति पनि भनियको हो । यो दिन देखि सुर्य उत्तरी गोलार्दधबाट दक्षिणि गोलार्द्ध तर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटो दिनबाट उत्रायण र लामो दिनमा हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गतेबाट दिनछोटो हुदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ ।


नेपाल भर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात यहि दिन देखि गरिनछ । हिन्दु धर्मअनुसार सुर्य दक्षिणायत हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दु धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिने लुतो फाल्ने प्रचलन छ । लुतोपुतो फाल्ले सगै साउन महिना भरि हरियो कपडा लागाउने, दिनको सुरुवात पनि आजकै दिनबाट हुनेगरेको पाईन्छ ।
देश तथा विदेशमा रहनु भयका सम्पुर्ण नेपालीजनमा हाम्रो यस भेरि प्रत्र मडिया परिवार हार्दिक मंगलमय शुभकामना ।।

  • १ श्रावण २०८०, सोमबार ०७:४४ प्रकाशित
  • सम्बन्धित