जाजरकोट ।
भेरी नगरपालिका ४ का पुर्व वडा अध्यक्ष खम्बजङ्ग शाहले रगत ओसारपसारका लागि मासिक एक हजार छुट्याउने घोषणा गरेका छन। शाहले आफ्नो सामाजिक सन्जाल मार्फत सो घोषणा गरेका हुन।
आर्थिक विपन्न परिवारलाई रगत आवश्यक परेको बेला सजिलै प्राप्त हुन गाह्रो हुने गर्छ। शाहका अनुसार अब कुनै पनि परिवारलाई रगत चाहिएको बेला यातायातको समस्याका कारण समयमा रगत नपुग्ने अवस्था नओस भनेर सो कार्य गर्न लागिएको हो । आफ्नो श्रीमतीको वृद्धभत्ता आफ्नो पेन्सनबाट गरि मासिक एक हजार यातायात खर्छ व्यहोर्न छुट्टै खाता बनाइ जम्मा गर्ने शाहले बताएका छन । सकेसम्म विपन्न परिवारका सदस्यले यो सुबिधा लिन सक्ने शाह बताउछन।
शाह अहिले ७७ वर्षका भए । तर उनी आफुलाई कहिलै बूढो ठान्दैनन। युवा जत्तिकै जोस र जागरका साथ सामाजिक सेवामा तल्लिन छ्न । शाह नेपाल रक्तदाता समाज जाजरकोटका बरिस्ठ सदस्य,एम्नेस्टी अन्तर्राष्ट्रिय मानवअधिकार जिल्ला संयोजक र नेपाल रेडक्रस सोसाइटीको प्रदेश उप महासचिव हुन। रगतको कमि भइ कुनै पनि विपन्न व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस भनेर यस्तो निर्णय लिएको शाहको दाबी छ। शाह यो भन्दा पहिला पनि निरन्तर समाजसेवामा लागिरहेका थिए। आगामी दिनमा पनि समाजसेवा गरेरै जीवन बिताउन मजा लाग्ने शाहको भनाइ छ।