सात महिनादेखि तलब बिहिन स्वास्थ्य कर्मचारी
  • विदुर न्युज

जाजरकोट ।
जिल्लाको भेरी नगरपालिकाका स्वास्थ्य कर्मचारीहरुले विगत सात महिना देखि तलब पाएका छैनन् । नगरपालिकामा ३७ जना स्थायी र २१ जना करार गरि जम्मा ५८ जना स्वास्थ्य कर्मचारीहरु कार्यरत छन् । काममा निरन्तर खटिरहेका कुनै पनि कर्मचारीहरुले विगत सात महिनादेखि तलब पाएका छैनन् । उनीहरु निरन्तर काममा खटिरहे पनि तलब नपाएका हुन् । समयमा तलब नपाउदा घर खर्च चलाउन उनीहरुलाई निकै गाह्रो भइरहेको छ ।

स्वास्थ्य आफैमा संवेदनशील विषय हो । यसमा कार्यरत कर्मचारीहरु पनि संवेदनशील हुन पर्छ । तर लामो समयसम्म तलब नपाउदा कर्मचारीहरुको काममा ध्यान केन्द्रित हुन नसकेको भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य निरिक्षक निसा थापाले बताएकी छिन् । समयमा तलब नआउदा बढि समस्या फिल्डमा खटिने र आधारभूत स्वास्थ्य चौकीमा काम गर्ने कर्मछारीले भोग्नु परेको स्वास्थ्य निरिक्षक थापा बताउछिन् । कर्मचारीहरुको ध्यान काममा भन्दा पनि तलबमा रहेको उनको भनाइ छ । समयमा तलब नआउदा बैंकबाट ऋण लिएर केही कर्मचारीहरुले काम चलाएका थिए । उनीहरुलाई प्रत्यक छ महिनामा बैंकमा किस्ता बुझाउनु पर्ने हुन्छ । तर तलबकै भर परेका कर्मचारी भने यतिबेला पटकपटक बंैकको फोन कलको सिकार हुन परेको छ ।

पालिकामा कार्यरत स्थायी कर्मचारीहरु संघ सरकार अन्तर्गत पर्दछन्.। तर संघ सरकारले पालिकाको दरबन्दि अनुसारको तलब नहालेको जन स्वास्थ्य निरिक्षक दिपक वलीको आरोप छ । पालिकामा दरबन्दि भन्दा ९ जना कर्माचारी धेरै भएको कारण पनि यस्तो समस्या आएको हुन सक्ने वलीको भनाइ छ । तर दरबन्दि भन्दा धेरै कर्मचारी भए पनि हाजिर लगाउनु हामी तलब हाल्दिन्छौ भने पनि सात महिना देखि तलब नहाल्देको वलीको दुखेसो छ । समयमा तलब नआउदा साहुले पनि पत्याउन छोडेको वलीले दृख व्यक्त गर्छन् ।

स्थानीय सरकारमा काम गरिरहे पनि संघीय अन्तर्गतका कर्मचारी भनेर यस बारेमा पालिकाले कुनै चासो नदेखाएको भेरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेम पुनले बताए । यति लामो समयसम्म पनि पालिकामा कार्यरत कर्मचारीले तलब नपाउदा पालिकाले चासो देखाउनु पर्ने हो र तर पालिकाले यसो नगरेको पुनको आरोप छ । पालिकाले कदम चालेको भए पनि यस बारे आफूहरु बेखबर भएको पुन बताउछन् । तलबको लागि असार मसान्तसम्म पर्खने पुनको बताउछन् । त्यस पछि पनि तलब नपाए श्रृङ्खलाबद्द आन्दोलन गर्ने स्वास्थ्य कर्मचारी बताउछन् ।
आवको अन्तिमसम्म पनि तलब नआए आफूहरुले दिने सेवा नै
अबरुद्ध गर्नेस्वास्थ्य कर्मचारीहरुले चतावनी समेत दिएका छन् ।

उता कर्मचारीहरुको तलबको बारेमा पालिकाले ताकेता गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रशाद जैसीले बताए । संघीय सरकारका कर्मचारी भएका कारण संघले तलब दिन पर्ने हो । तर सात महिनासम्म पनि तलब दिएको छैन । किन तलब रोक्का गरिदिएको भनि पालिकाले पत्र पठाएको छ । तर संघबाट कुनै पनि जवाफ नआएको जैसी बताउछन् ।
पालिकाले आफू मातहत राखेका करार स्वास्थ्य कर्मचारीहरुले तलब पाइरहेका छन् । संघीय सरकार अन्तर्गतका स्थायी कर्मचारीले भने तलब नपाएका हुन् ।

 

  • २० असार २०८०, बुधबार ११:५४ प्रकाशित
  • सम्बन्धित