विपदमा खटिन रास्वपाले गठन गर्‍यो द्रुत टोलि
  • विदुर न्युज

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टीले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ।

रास्वपाले आइतबार सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप तिमल्सेनाको नेतृत्वमा द्रुत समूह बनाएको हो।

सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने रास्वपाले जनाएको छ ।

रास्वपाले गठन गरेको द्रुत टोलिमा
संयोजकः प्रदिप तिमल्सेना(साजन शर्मा),
उप–संयोजकः प्रेम थापा,सचिवः फणिन्द्र पौडेल
कोषाध्यक्षः कृष्णबहादुर थापा रहेका छन। त्यस्तै सदस्यहरूमा राम कृष्ण श्रेष्ठ, महमद हुसेन खान(मुन्ना),चिरञ्जिवी तिमल्सिना,रवि भुजेल , शेरबहादुर सिंह,सुरज खड्का, दिपा केसी बास्तोला, मिलनचन्द्र महत छन्।

  • १८ असार २०८०, सोमबार १३:४४ प्रकाशित
  • सम्बन्धित