सुर्खेत।
सुर्खेतमा युवा सुशासन अभ्यासकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। सुर्खेतको बिरेन्द्रनगरपालिकाको सिद्धार्थ होटेलमा उक्त कार्यक्रम आयोजना भएको थियो।
हेल्भटास नेपालको आर्थिक सहयोग र महिला सशक्तीकरण मन्च नेपालको आयोजनामा कार्यक्रम सन्चालन गरिएको थियो । उक्त कार्यक्रममा कर्णाली प्रदेशका करिब २० जना युवाहरुको सहभागिता रहेको थियो । युवाहरुलाई स्थानीय सरकार सन्चालनको बारेमा जानकारी दिने र सुशासनको ज्ञान दिने कार्यक्रमको उदेश्य रहेको थियो। प्रशिक्षणमा सहभागी भएका युवाहरुलाई पालिकाको सुशासनको अवस्थाको बारेमा सर्वेक्षण गर्न परिचालन गरिने आयोजकले बताएका छन।
महिला सशक्तीकरण मन्चले दैलेख जिल्लाको दुई पालिका,सुर्खेतको दुई र जाजरकोटको एक पालिकामा स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्द्धन कार्यक्रम सन्चालन गरेको छ। युवालाई सुशासन प्रती जानकार बनाउन र उनिहरुको क्षमता बिकास गर्न यो कार्यक्रम लागू गरिएको हो। कार्यक्रम लागू भएका यिनै पालिकाका युवालाई लक्षित गरि यो कार्यक्रम तय गरिएको परियोजनाका प्रादेशिक संयोजक डन्डिराज उपाध्याले बताए। उनका अनुसार उक्त क्षमता अभिवृद्धि कार्यक्रम बुधबार देखि शुक्रबार तिन दिनसम्म सन्चालन भएको थियो। कार्यक्रममा प्रशिक्षकको रुपमा आडिया इन्टरनेसनलले सहजीकरण गरेको थियो। कार्य निकै प्रभावकारी रहेको सहभागी युवाहरुले बताएका छन।