जाजरकोट ।
दलित बालबालिकाहरुको शिक्षामा पहुचका लागि सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएको छ। दलित बालबालिकालाई शिक्षामा पहुच पुर्याउन भएको नितिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका लगायतका विषयमा रहेर अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
आर्थिक रुपमा विपन्न दलित परिवारका बालबालिका अझैसम्म पनि विद्यालयको पहुचमा आउन सकि रहेका छैनन। कति पढि रहेका विद्यार्थीहरु पनि आर्थिक अभावका कारण बिचमै विद्यालय छोड्ने जटिल समस्या छ। यस समस्यालाई समाधान गर्नको लागि प्रदान गरिने छात्रवृत्ति आवश्यक परेको व्यक्तिले पाउनु पर्ने भए पनि यसको पहिचान गर्न नसकिएको अवस्था छ। लक्षित वर्गलाई प्रदान गरिने छात्रवृत्तिमा दोहोरोपना नहोस भन्नका लागि सरोकारवालाहरुले एकअर्कामा समन्वय गर्न आवश्यक छ ।
शुक्रबार गरिएको यस अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुको भुमिकालाई एकरुपता बनाउन महत्त्वपूर्ण रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मान बहादुर सुनारले कार्यक्रममा बोल्दै यसो बताका हुन । लक्षित दलित बालबालिकालाई पढाइको पहुचमा ल्याउनको लागि सबैजना लाग्नु पर्ने अध्यक्ष सुनारले आह्वान गरेका छन । शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि दलित समुदायका बालबालिकालाई विद्यालयको पहुचमा ल्याउन आवश्यक रहेको उक्त अन्तरक्रिया कार्यक्रमको निष्कर्ष रहेको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटको आयोजनामा सन्चालन आयोजित यश कार्यक्रममा भेरी नगरपालिकाका मेयर चन्द्र प्रकश घर्ती,उपमेयर सीता जैसी,जिल्ला शिक्षा अधिकृत रमेश मल्ल,नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाह लगाय सरोकारवालाहरुको उपस्थिति रहेको थियो।