शान्ति चौतारादेखी सिटिजन बैंकसम्मको सडक खण्ड भोलिदेखि बन्द हुने
  • विदुर न्युज

जाजरकोट।
जाजरकोट सदरमुकाम खलंगा शान्ति चौतारादेखी सिटिजन बैंकसम्मको बाटो ६ दिनका लागि बन्द हुने भएको छ । त्यस क्षेत्रमा सडक मर्मत कार्य हुने भएकाले बाटो बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । सडक निर्माण कार्य भइरहेकोले गाडी चल्दा बाटो साघुरो हुने भएकाले बाटो बन्द गरिने जिल्ला प्रशासन कार्यालयले एक पत्रद्वारा जानकारी गराएको छ ।

बाटो भोलि १० गते देखि १६ गते सम्म बन्द रहने सुचनामा उल्लेख गरिएको छ । चार पाङ्ग्रे सवारी साधन जिरो पोइन्टदेखि थाप्ले चलाउने र मोटरसाइकलको लागि ठाटिदेखिको बैकल्पिक बाटो अपाउन प्रशासनले अनुरोध गरेको छ ।

  • ९ जेष्ठ २०८०, मंगलवार १७:५७ प्रकाशित
  • सम्बन्धित