जाजरकोट ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहद्वारा भेरी ज्ञानोद्दय बहुमुखी क्याम्पस, जाजरकोट भ्रमण गरि अनुगमन गरेका छन । बिहिबार मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भेरी ज्ञानोद्दय बहुमुखी क्याम्पस उपकुलपति प्रा। डा। सिंहले अनुगमन गरेका हुन। अनुगमनको लागि विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरु पनि आएका थिए ।
अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा। डा। सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेका गुनासा तथा समस्याहरुको सम्बोधन गरेका थिए । साथै उपकुलपतिले जाजरकोट जिल्लाको एकमात्र उच्च शिक्षाको केन्द्रको रुपमा रहेको भेरी ज्ञानोद्दय बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैले इमान्दारिताका साथ लाग्नु पर्ने कुरामा जोड दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपती शिंहले विश्वविद्यालयको आफ्नै छुट्टै पहिचान बनाउन र अन्य विश्वविद्यालय भन्दा भिन्न बनाउने प्रयत्नमा लागेको कुरा बताएका थिए । अबको आउदो शैक्षिकसत्रमा लागू हुने गरि विश्वविद्यालयमा कर्णालीको इतिहास बोकेको र अबको युगलाई सुहाउने दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले आफ्नै पाठ्यक्रम निर्माण गर्न लागेको पनि बताएका थिए।
उक्त कार्यक्रममा विशेष अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल, अतिथि ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा. डा. विमल कुमार लाल कर्णज्यू, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा. डा. लिलाधर तिवारी, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा.डा. सुदीप ठकुरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा.बीरबहादुर पौडेल, प्राचार्य उप-प्रा. जसबिर रोकाज्यू, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारी थिए भने क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति र अन्तरक्रियामा सहभागीता रहेको थियो ।
साथै कार्यक्रममा उपकुलपतिज्यूले ज्योति विकास बैंकलाई क्याम्पसमा डेढ लाख बराबरको पाठ्यपुस्तक उपलब्ध गराएकोमा बैंकका सहायक प्रवन्धक प्रेम बहादुर सिंहलाई सम्मान पत्र प्रदान गरेका थिए। जाजरकोट लगत्तै उपकुलपती सिंह अनुगमनको लागि रुकुम पश्चिम गएका छन।