जाजरकोट ।
सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाएका दलजित कार्कीलाई हरित सहिद घोषणा गरिएको छ । जिल्ला वन डिभिजन कार्यालय जाजरकोटले कार्किलाई हरित सहिद घोषणा गरेको हो ।
वैशाख २८ भेरी नगरपालिका ७ मा रहेको पातिहाल्न सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर कार्कीको ज्यान गएको थियो । कार्की सोहि सामुदायिक वनका अध्यक्ष समेत थिए । वन जोगाउन महा अभियानमा आफ्नो जिवनको आहुती दिने अध्यक्ष कार्किलाई वन कार्यालयले हरित सहिद घोषणा गरेको कार्यालयका रेन्जर पूर्ण चन्दले जानकारी दिए । कार्यालयले कार्किको परिवारलाई राहत स्वरुप २५ हजार वितरण गरेको छ । शुक्रबार कार्किका परिवारलाई डिभिजन वन कार्यालय जाजरकोटले २५ हजार वितरण गरेको हो। जथाभावी जङ्गलमा आगो नलगाउन र आगो लागे सचेत रहन नागरिकलाई कार्यालयले अनुरोध समेत गरेको छ।