जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकामा विद्यार्थी भर्ना अभियान कार्यक्रम सन्चालन गरिएको छ। सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले कार्यक्रमको आयोजना गरेको हो । संघका जिल्ला सदस्य सुनिता सुनारको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।
बालबालिकाहरु लाई शिक्षा जस्तो नैसर्गिक अधिकार बाट बन्चित हुन नपरोस् भन्ने ध्येयका साथ यो कार्यक्रम आयोजना गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका कार्यक्रम अधिकृत कृष्ण तिरुवाले जानकारी दिए । दलित समुदायका बालबालिका शिक्षाको पहुचबाट टाढा छन् । उनिहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न यो कार्यक्रम सन्चालन गरिएको तिरुवाले थपेका छन। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले दलित बालबालिकाहरु लाई अझै उच्च प्राथमिकताका साथ छात्रवृत्ति प्रदान गर्न ूनेपाल छात्रवृत्ति कार्यक्रमू चलाइरहेको छ। यश कार्यक्रमले दलित बालबालिकालाई विद्यालयको पहुचमा आउन मद्दत गरेको अभियानताहरुले बताएका छन । शनिबार भेरी नगरपालिका २ मा यो कार्यक्रम सन्चाल गरिएको थियो।