जाजरकोट
नलगाड नगरपालिका ३ कैनाको श्री सुर्योदय माविमा म वनाउछु, मेरो विद्यालय भन्ने अभियान सन्चालन गरिएको छ । विद्यालयको समग्र शैक्षिक सुधारका लागि यो अभियान सन्चालन गरिएको हो। विद्यालयको ३६ औं वार्षिक उत्सवको अवसर पारी सुर्योदय माबिमाू विद्यालय विकास कोष ू स्थापना गर्न लागिएको छ । कोष स्थापनाका लागि विद्यालयले यतिबेला उक्त अभियान सन्चालन गरेर रकम सङकलन गर्न थालेको छ। यस अभियानको थालनी यहि वैशाख १३ देखि सुरु भई यहि वैशाख २७ गते सम्म हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र पुनले जानकारी दिएका छन। अभियानबाट सङ्कलन भएको जम्मा रकम वैशाख २७ गते विद्यालयको वार्षिक उत्सवको दिन सार्वजनिक गरिने पुनको भनाइ छ । पुनका अनुसार यश अभियानबाट जम्मा भएको रकमले भौतिक पूर्वाधार सुधारका लागि आवस्यक जग्गा खरिद गर्ने र असहाय , असक्त , जेहन्दार , गरिव वालवालिकाको हितमा प्रयोग गरिनेछ ।
जाजरकोटका सामुदायिक विद्यालयको अवस्था निकै कमजोर छ । गुणस्तरीय शिक्षा दिन नसकेका कारण दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । देशमै सम्भावना खोज्ने भन्दा विदेशको हुटहुटी बोक्ने जनशक्ति उत्पादन भएको छ। सामुदायिक विद्यालयको दैनिय अवस्थाका कारण पनि मानिसहरु महङ्गो खर्चमा बोर्डिङ्गमा पढाउन बाध्य छन । सामुदायिक विद्यालय सुधार तर्फ कसैको ध्यान गएको देखिदैन । यस्तो अवस्थामा विद्यालय सुधारमा यश अभियानले मद्दत गर्ने अनुमान गरिएको छ। यश अभियानलाई साथ दिन पुर्व विद्यार्थी देखि अभिभावकहरु जुटेका छन । अहिला यसै विद्यालयमा पढेका र हाल रोजगारको लागि विदेश गएकाहरुले सक्दो आर्थिक सहयोग गरेका छन । त्यस्तै नेपालमै बसेर जागिर खाइरहेकाले पनि सहयोग गरेको अध्यक्ष पुनले बताउछन । सामुदायिक विद्यालय खस्कदो अवस्थामा रहेको बेला यो अभियान आफैमा नयाँ र सिर्जनात्मक कार्य रहेको आम नागरिकहरुले बताएका छन । यश अभियानलाई सर्थक तुल्याउन मनकारी भावना भएकालाई सहयोग गर्न पनि अध्यक्ष पुनले अनुरोध गरेका छन।