जाजरकोट ।
भोलि देखि सुर्खेतमा हुन लागेको १३ औं राष्ट्रपति रनिङ शिल्डमा जाजरकोटबाट ७२ जना खेलाडी सहभागी हुने भएका छन। राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुनका लागि शनिबार जाजरकोटबाट खेलाडीहरु सुर्खेत गइसकेका छन् । विभिन्न खेलका विद्यामा गरि ७२ जान खेलाडीले सहभागीता जनाउने छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नर बहादुर बस्नेतले आज प्रदेशमा छनोटका लागि जाने खेलाडिहरुलाई बिदाइ गरेका थिए। बिदाइ गर्दै अध्यक्ष बस्नेतले खेलाडिहरुलाई जितको शुभकामना पनि दिएका थिए।
जाजरकोट जिल्लाबाट कराते,तेक्वान्दो,भलिबल ,कबड्डी र एथलेटिक्समा खेलहरुमा खेलाडीहरुले सहभागी जनाउदै छन।बैशाख ३ गते र ४ गते कार्णाली प्रदेशक राजधानी सुर्खेतमा १३ औं राष्ट्रपति रनिङ शिल्ड हुँदै छ । यसमा कर्णालीका १० जिल्लाका खेलाडिहरुले सहभागी जनाउने छन । प्रदेशमा छनोट भएका खेलाडीहरु खेल खेल्नको लागि राष्ट्रिय स्तरमा पुग्ने छन ।
























