जाजरकोट ।
जाजरकोटमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । शुक्रबार सदरमुकाम खलंगा तल्लो थाप्लेमा, बास नेपाल जिल्ला शाखा जाजरकोटको आयोजनामा “राष्ट्रिय झण्डा हाम्रो शान, नेपालीको पहिचान’’ भन्ने मूल नाराका साथ राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
नेपालमा प्रत्यक नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झण्डा दिवस रुपामा मनाइन्छ । यस वर्ष पनि नेपालभर राष्ट्रिय झण्डा दिवस मनाइएको छ । त्यस्तै जाजरकोटमा पनि बास नेपालको आयोजनाका उक्त दिवस मनाइएको हो । कार्यक्रममा राष्ट्रिय झण्डाको महत्वको बारेमा चर्चा गरिएको थियो । शुक्रबार भेरी नगरपालिका वडा नं. ३ तल्लो थापलेमा कार्यक्रम सम्पन्न भएको बास नेपालका जिल्ला प्रतिनिधि पुष्पराज वलिले जानकारी दिए । उक्त कार्यक्रममा बास नेपालकी प्रदेश सदस्य सारदा पुन लगायतको उपस्थिति रहेको थियो ।
शुक्रबार बास नेपालले कर्णली प्रदेशका सबै जिल्लामा राष्ट्रिय झण्डा दिवस मनाएको छ ।