जाजरकोट ।
जाजरकोटका गोबिन्द सिंह र हरि बस्नेत जनसेवा श्री पदकबाट विभूिषत भएका छन् । आइतबार नयाँ वर्षको अवसरमा सिंह र बस्नेत सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सम्मानित भएका हुन् ।
गोबिन्द सिंह बारेकोट गाउपालिकामा कार्यरत कर्मचारी हुन् । उनी विगत लामो समयदेखि पशुपंछि संरक्षणमा लागेका छन् । फुर्सद मिलाएर बनजंगलमा जाने यनको दिन चर्या जस्तै भइसकेको छ । हरेक प्राणीले पनि मानिस जस्तै गरि जीवन जीउन पाउनुपर्छ भन्ने सिंहको मूल उपदेश छ । सिंह यो भन्दा पहिला पनि विभिन्न राष्ट्रि«य तथा अन्तराष्ट्रि«य पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
त्यस्तै बस्नेत जाजरकोट भेरी नगरपालिकामा रहेको त्रिभुवन मा वि का शिक्षक हुन् । उनले विगत लामो समयदेखि शिक्षण पेसा अंगाल्दै आइरहेका छन् । उनि नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हुन् । शिक्षण पेसा संगसंगै समाजसेवामा पनि रुचि राख्ने बस्नेतले रेडक्रसमा आबद्ध रहेर विगत लामो समयदेखि दुखि गरिब मानिसलाई सहयोग गर्दै आइरहेका छन् ।
उनिहरुको स्वच्छ भावले गरेको कामको उच्च मुल्याङ्कन गर्दै नेपाल सरकारले यो सम्मानबाट विभूषित गरेको हो । नेपाल सरकारले आफुले गरेको कामको मुल्याङ्कन गर्दै सम्मान गरेको निकै खुसि भएको कुरा दुबै जनाले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन सितल निवास काठ्माण्डौंमा शुक्रबार सम्मान कार्यक्रम गरिएको थियो ।