काठमाडौं ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ।
निर्वाचन आयोगमा रहेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले बारा, तनहुँ र चितवनमा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्न÷गराउन नेपाल सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
समितिले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
बैठकले बारा क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ मा उम्मेदवारले खर्च गर्न पाउने निर्धारित अधिकतम खर्चको हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सुक्ष्म निगरानी गरी सोको जानकारी आवश्यकताअनुसार लिखित एवं मौखिक रुपमा आयोगलाई गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।
समितिले निर्वाचन आचारसंहिता, २०७९ उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाइ सोसम्बन्धी प्रमाण सङ्लग्न गरी आयोग, केन्द्रीय आचारसंहिता अनुगमन समिति, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन समिति समक्ष उजुरी दिन सबै सरोकारवालालाई आह्वान गरेको छ।
यसैगरी बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न सामाजिक सञ्जालको उपयोगको विषयमा विशेष सतर्कता अपनाउन निर्वाचनलाई प्रभाव पार्ने गरी गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न÷नगराउन तथा यस्ता सामग्रीमा शेयर, लाइक वा कमेन्ट गर्ने जस्ता कार्य नगर्न÷नगराउन स्वदेश तथा विदेशमा रहेका सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गर्ने निर्णय गरेको छ।
क–कसलाई लाग्छ आचारसंहिता ?
क० नेपाल सरकार र नेपाल सरकारका मन्त्री
९ख० प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
९ग० संवैधानिक निकाय र सो निकायका पदाधिकारी
९घ० नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
९ङ० स्थानीय कार्यपालिका र सोका सदस्य
९च० सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी
९छ० सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
९ज० सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी
९झ० राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन
९ञ० उम्मेदवार तथा सम्बन्धित व्यक्ति
९ट० राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि
९ठ० सार्वजनिक पद धारण गरेको व्यक्ति
९ड० अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
९ढ० पर्यवेक्षण संस्था तथा पर्यवेक्षक
९ण० सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
९त० निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी
९थ० विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
९द० मतदाता
९ध० विकास साझेदार संस्था
९न० सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी
९प० मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी
९फ० निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार
९ब० वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार