जाजरकोट
जाजरकोट कुशे गाउपालिकाका एक जना नेपाली भारतमा अलपत्र परेका छन् । जाजरकोट कुशे गाउपालिका ७ का मोहनलाल थापा अलपत्र परेका छन् । भारतको हल्द्धानीबाट रुद्रपुर जानेक्रममा ३ जना नेपालीको भारतीयबाट लुटपात भएके थियो । यसै क्रममा थापा अलपत्र परेका हुन्। उनको यतिबेला खाजि कार्य भइरहेको छ । अझैसम्म फेला नपरेको नेपाली एकता समाजका अध्यक्ष जगतराज पुनले जानकारी दिएका छन् । यति बेला अलपत्र व्यक्तिको खोजिमा नेपाली एकता समाज लागिरहेको छ । भारतमा गएका नेपाली थाहा नपाएका कारण पनि यसरी बेपत्ता परिरहेका हुन्छन् । हलपत्र व्यक्तिलाई भेटाउनेले नेपालमा ९८६४३५९६३८ पुर्नजङ रोकाय तथा ९८६६२२१७५९ मा नबिन थापालाई सम्पकै गर्न सकिने छ । त्यसैगरी भारतमा भेटाउनेले ९५४१८३४७६७ मा प्रकाश पुन र ९६२२०७६६९१ मा जगतराज पुनलाई सम्पर्क गरेर जानकारी दिन सकिने छ । उनको खोजिकार्यमा सहयोग गरिदिन नेपाली एकता समाजले अनुरोध गरेको छ ।