Jajarkot
्री डिप्रोक्स लघुबित्त बित्तिय संंस्था जाजरकोटले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले आफ्नो २२ औँ स्थापना दिवशको अवसरमा भेरी नगरपालिकाको वडा न ९ स्थित शिवशक्ति आधारभुत विध्यालयका ,गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यार्थीहरुको शैक्षिक अवस्थामा टेवा पुगोस भनि समग्रीहरु वितरण गरिएको लघुवित्तका कर्मचारी हित शर्माले जानकारी दिए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेस वली, वडा अध्यक्ष हिरा शर्मा, पुर्ब वडाध्यक्ष धुर्व प्रसाद पोेैड्याल,,प्रधानाध्यापक धनसरा जेैसी लगायतको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री प्राप्त गरेपछि त्यहाका विद्यार्थीहरु निकै खुसि भएका छन् ।