सरकारले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने
  • विदुर न्युज

काठमाण्डौं ।
सरकारले फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

फागुन १ गते माओवादीले महान जनयुद्ध सुरु गरेको दिन हो । जनयुद्धसँग जोडिएका विभिन्न घटकका राजनितिक दलहरुले जनयुद्ध दिवस मनाउदै आएका थिए । तर सरकारले अहिलेसम्म विदा दिएको थिएन । प्रचण्डले नेतृत्व गरेको सरकार १ गते विदा दिने निर्णय गरेको छ । आइतबार बसेको सरकारको बैठकले यो निर्णय गरेको हो । सरकारले विदा दिने भनेर एक सुचना जारी गरेको छ ।

Open photo

  • २९ माघ २०७९, आईतवार १८:३४ प्रकाशित
  • सम्बन्धित