काठमाडौँ।
निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन २ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ।
आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको तालिका तय गरेको हो। आयोगका अनुसार फाल्गुन १ गते देखि १६ सम्म मतदाता नियामावली अध्यावधिक गर्ने,चैत्र २० गते उम्मेवारी दर्ता,२१ गते उम्मेवारी बिरुद्द उजुरी दर्ता गर्ने,२२ गते उम्मेवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने,चैत २३ गते दलको चुनाव चिन्ह प्रदान गर्ने र २०८० बैशाख १० गते निर्वाचन गर्ने मिति तय गरेको हो।
गत मंसिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको नागरिकताका कारण अयोग्य भएपछि उनको पद खारेज भएको थियो।