जिल्लाको भेरी नगरपालिकाको आयोजनामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कपको उपाधी शिवशंकर मावि जगतीपुरले जितेको छ । सदरमुकाम खलङ्गास्थित त्रिभुवन माविको खेल मैदानमा सम्पन्न नगर स्तरिय प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य सहित शिवशंकर मावि प्रथम भएको हो ।
त्यस्तै ६ स्वर्ण, ५ रजत र ६ कास्य सहित भेरी त्रिवेणी मावि रिम्ना द्धितिय भएको छ भने भगवती मावि कुदुले ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा त्रिभुवन मावि खलंगाले ४ स्वर्ण, ४ रजत र ४ कास्य प्राप्त गरेको छ भने शंकर भवन मावि बाहुनथानले १ स्वर्ण, १ रजत र ३ कास्य, विजय मावि काफलचौले १ स्वर्ण, १ रजत र २ कास्य र सरस्वती मावि पुन्माले ५ स्वर्ण र १ रजत हात पार्न सफल भए । स्वर्ण पदक प्राप्त गर्न नसकेको दीपेन्द्र मावि भुरले ४ रजत र १ कास्य जित्दा लक्ष्मी मावि भेंरेले १ रजत पदमा चित्त बुझाएको छ ।
गत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्रा भलिबल, दौड, टेक्वान्दो, कराँते, कबड्डी, हाइ जम्प, लङ जम्प, ज्याप्लिङ थ्रो लगायतका खेलहरू संचालन भएका थिए ।