काठमाण्डौँ । सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएसँगै ३० दिन अर्थात एक महिनामै सरकार ढलेको हो । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उक्त समयसीमाभित्र उनले विश्वासको मत पाउन सकेनन् । नागरिक उन्मुक्तिका सातैजना सांसद अनुपस्थितसँगै मुख्यमन्त्री रावलले विश्वासको मत पाउनबाट बञ्चित रहे ।
नाउपाका ७ जना प्रदेश सांसद हाल काठमाडौंमा रहेका छन् । उनीहरुलाई फकाउन गठबन्धनका दलका नेताहरू छलफलमा रहे पनि असमर्थ रहे । मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने बाटो खुला भएको छ ।