जाजरकोट ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक ९म्क्ए० सन्तोष निरौलाले जाजरकोटका युवाहरुलाई प्रशिक्षण दिएका छन ।
शनिबार डिएसपी निरौला साइबर क्राइम,लागू औषध र रुपान्तरणमा युवाको भुमिका लगायत विषयमा प्रशिक्षण दिएका हुन । निरौलाले सामाजिक सन्जालका कारण युवाहरु फस्न सक्ने भएकाले यसको सहि सदुपयोगको बारेमा जानकारी गराएका थिए । त्यस्तै लागू औषध प्रयोगको कारण समाजमा अपराध बढ्ने र समाजको शान्ती भङ्ग हुने भएकाले यसको प्रयोग रोक्न युवाहरुले पनि आफ्नो ठाउबाट भुमिका निर्वाह गर्न पनि आह्वान गरेका थिए। युवालाई कुनै पनि समस्या आइपरे आफ्नो व्यक्तिगत फोनमा कल गर्न सक्ने भन्दै निरौलाले नम्बर पनि दिएका थिए।
युवाहरुलाई प्रबिधिको बद्लिदो समयमा सामाजिक सन्जालका कारण हुने विभिन्न अपराध,कुलतबाट वच्न र बचाउने उपायका विषयमा जानकारी दिन उक्त प्रशिक्षण कार्यक्रम सन्चालन गरिएको थियो । त्यस्तै युवाहरुले आफ्नो भविष्य प्रती थप हौसलाको लागि यो कार्यक्रमको उदेश्य रहेको भेरी युथ प्यानलका अध्यक्ष तथा कार्यक्रमका अगुवा प्रेम विश्वकर्माले बताए।
कार्यक्रममा जाजरकोट जिल्लाका बिभिन्न पालिकाबाट गरि करिब ३५ जनाको सहभागिता रहेको थियो । महिला सशक्तीकरण मन्छ नेपालको सहयोगमा भेरी युथ प्यानल र युथ फर जाजरकोटको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको उक्त कार्यक्रममा सहभागी युवाहरुले बताए ।