जाजरकोटका अटो व्यवसायीद्धारा सडक मर्मत
  • विदुर न्युज

जाजरकोट । भेरी नगरपालिका जाजरकोटका सडकहरुमा पिच भन्दा खाडल धेरै देखिन्छन् । सडक कालो पत्रे भएको केही समय देखि यहाका सडकहरुमा खाडल पर्न सूरु भएको हो । जिल्लाको सदरमुकाम खलंगाको आसपासमा रहेका सडकहरु धेरै समयदेखि अस्त व्यस्त छन् । यसको मर्मत सम्भारमा कसैको ध्यान जान सकेको छैन । न त नगरपालिकाले यसको मर्मत गर्न सकेको छ न त सडक विभागले नै यसको लागि पहल लिएको छ ।
सडकमा भएका खाडलका कारण धेरै सवारी साधनहरु दुर्घटना भएका छन् । जिल्लाका नेताले यही सडकलाई बारम्बार भोट बैंकका रुपमा प्रयोग गरेका छन् । तर यो सडक भने कहिलै सुधार हुन सकेको छैन ।

खालडमय सडकका कारण यात्रामा असहजता भए पछि जाजरकोट अटो व्यवसायी संघले शनिबार सडकका खाडल पुरेको छ । अव्यवस्थित सडकका कारण दुर्घटना हुन सक्ने भएकाले यसको मर्मतको लागि अटो व्यवसायीहरु लागेका हुन् । विशेष गरी अटो चलाउदा धेरै समस्या भोग्नु परेको उनीहरु बताउछन् ।
सडक मर्मतका लागि बारम्बार पालिका र पूर्वाधार कार्यालयलाई ध्यानाकार्षण गरे पनि यसको सुनुवाइ नभएको उनीहरुको गुनासो छ । स्थानीय सरकार र सम्बन्धित निकायलाई ध्यानाकार्षण गराउन र चुनौती दिन यो कार्य गरेको अटो व्यवसायीहरुको भनाइ छ ।
अटो व्यवसायीहरुले भेरी नगरपालिका १ कालेगाउ देखि भेरी नगरपालिका ३ स्यालासम्मका खाडलहरु पुरेका छन् । यातायात सहज बनाउन प्रत्यक शनिबार सडक मर्मत गर्ने पनि बताएका छन् । सडक मर्मतका लागि आ आफ्नो घरबाट नै घैटी,बेल्चे,सप्पल लगायतका सामग्री ल्याएका थिए ।

एका तिर सामान्य अटो व्यवसायीहरु सडक प्रति यति चासो लिएर काम गर्दै छन् । अर्काे तिर सडक विभाग,नगरपालिका र सम्बन्धित सरोकारवाला निकायहरु भने मुख दर्शक बनेका छन् । दैनिक सोही बाटो हिडे पनि यसको मर्मतको लागि भने चेत निकाले छैनन् । अझ भनौँ लाच पचायर हिडीरहेका छन् । यो सडक कसले र कहिले बनाउने भन्ने अझै अन्योलता छ ।

  • ५ पुष २०८२, शनिबार २१:५८ प्रकाशित
  • सम्बन्धित