भैली खेलेको पैसाले मन्दिर निर्माण
  • विदुर न्युज

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका १ का भक्तजनले भैली खेलेको पैसाले मन्दिर निर्माण गरेका छन् । उनीहरुले गएको तिहारमा चन्दा संकलनका लागि भैलो अभियान सन्चालन गरेका थिए । भैलो खेलेर करिब २ लाख रुपैया संकलन गरेका थिए ।
त्यस्तै उनीहरुले विगत केही वर्षदेखि समूहमा पैसा जम्मा गर्दै आएका थिए । उनीहरुले हालसम्म करिब ३ लाख रुपैया जम्मा गरेका थिए । भक्तजनहरुको सल्लाह र समूहको निर्णयले उनीहरुले मन्दिर निर्माण गरेका हुन् ।
उनीहरुले भेरी नगरपालिका १ कालेगाउको रातोमाटोमा कृष्ण मन्दिर निर्माण गरेका छन् । करिब ५ लाख खर्चमा उनीहरुले मन्दिर निर्माण गरेका हुन् । मन्दिरमा कृष्णको मुर्ति राखिएको छ ।
आज मंगलबार हवन र पुजापाठ गरेर मन्दिरको उत्घाटन गरिएको छ । सो अवसरमा कालेगाउका सम्पूर्ण भक्तालुजनहरुको उपस्थिति रहेको थियो । भजनमा नाच्दै उत्सव मनाइरहेका थिए । मन्दिरको छेउमा भजनसंगै भक्तालुहरुको नाच चम्किरहेको थियो । त्यस्तै पुन्य कमाउने उदेश्यले मन्दिरको लागि दान पनि गरिरहेका थिए । प्रसाद बाडिएको थियो ।
कालेगाउका भक्तजनहरुको मन्दिर स्थापना गर्ने वर्षाैदेखिको सपना आज पुरा भएको छ । मन्दिर निर्माण गर्नकै लागि उनीहरुले ७१ साल देखि चन्दा जम्मा गर्दै आएका थिए । मन्दिर निर्माण भएसंगै अब उनीहरु कृष्ण जन्माष्टमीको दिन भजन गाउन सदरमुकाम खलंगा जानु पर्ने बाध्यता हटेको मन्दिर व्यवस्थापनका अध्यक्ष प्रेम बहादुर बुढाथोकीले बताए । मन्दिरले भेरी करिडोर भएर यात्रा गर्ने यात्रीहरुको पनि ध्यान खिच्ने छ ।

  • २४ मंसिर २०८२, मंगलवार २३:४३ प्रकाशित
  • सम्बन्धित