जाजरकोट । जिल्ला सदरमुकाम जाजरकोटमा लैङ्गिक हिंसाका कारण महिला माथि परेको असर र प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बिहिबार सदरमुकाम खलंगाको गैरीखालीमा कार्यक्रम सम्पन्न भएको हो ।
यति बेला देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । जाजरकोटमा पनि सात स्थानीय तहले यो अभियानलाई निरन्तरता दिएका छन् ।
त्यसै अनरुप भेरी नगरपालिकाले पनि यो अभियानलाई सफल पार्न विभिन्न क्रियाकलापहरु गरिरहेको छ ।
पालिकाले आज विहिबार वक्तृत्वकला कार्यक्रम गरेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका ९ जना महिलाहरुले सहभागिता जनाएका थिए । त्यस मध्य नलगाड नगरपालिकाकी सिर्जना पोखरेलले प्रथम स्थान हासिल गरेकी थिइन । त्यस्तै भेरी नगरपालिकाकी सम्झना वि क र कुशे गाउपालिकाकी इन्द्रा रोकायले क्रमश दृतिय र तृतिय स्थान हासिल गरेका थिए ।
प्रथियोगिता मार्फत लैङ्गिक हिंसाका कारण महिलामा पर्ने असर र प्रभावका विषयमा छलफल गर्न र महिलाहरुको बोल्ने क्षमताका विकास गर्न सो कार्यक्रम राखिएको पालिकाकी महिला शाखा प्रमुख शारदा शर्माले बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंह थिए । त्यस्तै विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम आयोजकको रुपमा पालिका रहेपनि सामाजिक विकास कार्यालय जाजरकोटले आर्थिक सहयोग गरेका थियो भने अन्य विभिन्न संघसंस्थाहरुले समन्वय गरेका थिए ।























