श्रमदान गरेर बाटो बनाउदै टोल विकास संस्था 
  • विदुर न्युज

जाजरकोट । भेरी नगरपालिका ८ नं वडा गिमामा रहेको फुलबारी टोल विकास संस्थाले श्रमदान गरेर बाटो निर्माण गर्दै छ। गिमा निवासी संस्थाकी सदस्य मनसरा अधिकारीको घरबाट आवातजावत गर्न अप्ठ्यारो भए पछि टोल विकास संस्थाले श्रमदान गरेर बाटो बनाइदिन लागेको हो। बाटो निर्माण भए पछि मनसराको परिवारलाई आवातजावत गर्न सजिलो हुने छ।

 

अधिकारीको घर गाउमा एक्लै छ। उनको घर वरिपरि खेत छ । यसकारण पनि उनलाई जान आउन गाह्रो भएको छ। अधिकारीले घरमा बाख्रा पालन गरेकी छिन। घरको छेउमा खेत भएकाले अधिकारीलाई बाख्रा आवातजावत गर्न निकै अप्ठ्यारो अवस्था छ। अधिकारिको घरमा उनका ९ वर्षका छोरा र १२ वर्षकी छोरी छिन। उनिहरु एक्लैले बाटो बनाउन सक्दैनन। उनको अवस्थालाई बुझेर टोल विकास संस्थाले बाटो बनाइदिन लागेको उनिहरुले बताएका छन। बाटो केही दिनमै निर्माण हुने छ।

 

संस्थाले बाटो मात्रै बनाएको छैन । यस अघि पनि गाउमा सार्वजनिक धारो निर्माण गरेका छन। त्यस्तै अन्य सामाजिक काम पनि गरिरहेका छन। संस्थाले आवश्यक परेका बेला गाउमा सामाजिक काम गर्दै आएको बताइएको छ।

 

संस्थाले सामाजिक काम मात्र गरेको छैन ।मासिक पैसा उठाएर संकलन गरेको छ। संकलन गरेको पैसा गाउमा आवश्यक परेकालाई सस्तो ब्याजमा ऋण दिदै आएको छ।  अहिलेसम्म करिब ४ लाख जम्मा गरेको बताइएको छ। टोल विकास संस्थाको यस्तो अभ्यासले समाजमा सकारात्मक प्रभाव पारिरहेको छ। विकास गर्न पैसा मात्र चाहिन्छ भन्नेहरुलाई नैतिक झापड पनि दिएको छ।

  • ६ श्रावण २०८२, सोमबार २१:३३ प्रकाशित
  • सम्बन्धित