नलगाडमा घट्यो अर्को अप्रिय घटना
  • विदुर न्युज

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 27;

जाजरकोट । जाजरकोटको नलगाडमा अर्को अप्रिय घटना घटेको छ। नलगाड नगरपालिका २ नं वडा डाडागाउका कासिराम जैसिको मृत्यु भएको छ।

आइतबार जैसीको दम्पती गाउकै भेरलोट्या जंगलमा घाँस काट्न गएका थिए। उनिहरु घाँस काट्न जादा पानी परिरहेको थियो। घरमा भैसिलाई हाल्ने घाँस नहुदा उनिहरु नजिकको जंगलमा गएका थिए। घाँस काट्ने क्रममा ढुङ्गामा चिप्लेर जैसी लोटेर करिव १०० मिटर तल खसे ।

भिरबाट खसेका जैसी कहिले नफर्किने गरि गए । भिरबाट खसेका जैसिलाई गाउलेहरुले मिलेर निकालेका थिए। भिर निकै अप्ठ्यारो भएका कारण त्यहाबाट निकाल्न निकै कठिन भएको गाउलेहरुले बताए ।

जैसी ५३ वर्षका थिए। उनका एक छोरा र दुई छोरी छन। जसिका छोरा रोजगारका लागि भारत गएका थिए। बाबुको यस्तो घटना सुनेपछी नेपाल फर्कन लागेको बताइएको छ। मृतक जैसिलाई भोलि दाह सस्कार गर्ने बताइएको छ।

जैसी मात्र होइन त्यहि भिरबाट खसेर गाउका करिब ५ जनाले ज्यान गुमाइसकेका छन । जाजरकोटका गाउका अधिकांस नागरिकले यस्तो पीडा भोगिरहन परेको छ ।

 

  • ५ श्रावण २०८२, आईतवार १९:४३ प्रकाशित
  • सम्बन्धित