जाजरकोट । भेरी नगरपालिका १ नं वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन भएको छ । १ नं वडा पिपेमा बनेको प्रशासनिक भवन बुधबार उद्घाटन गरिएको हो ।
कार्यालयको प्रशासनिक भवन पहिले नै सम्पन्न भइसकेको थियो । वडाका नियमित सेवा प्रवाह पनि सञ्चालनमा आइसकेको थियो । तर भवन उद्घाटन भने गरिएको थिएन । आज बुधबार कार्यालयको उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा भेरी नगरपालिकाका कार्यपलिका सदस्य मनिराम परियार,डोटे वादी र लिलादेबि गौतम विक,वडाका विभिन्न विद्यालयका प्रतिनिधि राजनीतिक दलका वडा प्रतिनिधि अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भवन निर्माण गर्ने उपभोक्ता समिति,जग्गा उपलब्ध गराउने व्यक्ति र कार्यपालिका सदस्यहरुलाई वडा कार्यालयद्धारा सम्मान गरिएको थियो ।
हाल यस वडाका वडा अध्यक्ष दिपक राना हुन् । उनी नेकपा माओवादी केन्द्रबाट दोस्रो पटक निर्वाचित वडा अध्यक्ष हुन् । त्यस्तै वडा सचिव यसै वडाका महेन्द्र बस्नेत छन् । स्थानीय तहको संरचना निर्माण भएको करिब सात वर्ष पछि बल्ल वडाको आफ्रनै भवन निर्माण भएको हो । यस अघि वडाले आमा समूहको भवनबाट सेवा प्रवाह गरिरहेको थियो ।