एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालय सम्मानित
  • विदुर न्युज

जाजरकोट । नेपाल विद्यार्थी संघ नलगाड नगर कमिटिले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । सोमबार नलगाडको विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । शैक्षिक शत्र २०८१ को एसईई नतिजामा ३.६० जिपिए भन्दा माथि ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने विद्यार्थीहरु र विद्यालयको नामावली

१ संजिव खत्री  श्री त्रिभुवन मा वि दल्ली ३.८०
२ विपिन शम्शेर रावल  श्री त्रिभुवन मा वि दल्ली ३.७८
३ कबिन्द्र पुन   श्री त्रिभुवन मा वि दल्ली ३.६६
४ मनिका बुढा  श्री त्रिभुवन मा वि दल्ली ३.६५
५ बिवेक गौतम  श्री त्रिभुवन मा वि दल्ली ३.६३
६ विराज सिंह   श्री त्रिभुवन मा वि दल्ली ३.६०
७ राधिका गिरी  श्री त्रिभुवन मा वि दल्ली ३.६१
८ विजय विष्ट   श्री बिरेन्द्र हिमालय मा.वि तल्लुबगर ३.६०

उक्त कार्यक्रममा ३.६० जिपिएभन्दा धेरै ल्याउने नलगाडका दुई विद्यालयका आठ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हेमराज पुनले बताए । पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर खस्कदो अवस्थामा छ । खस्कादो शैक्षिक अवस्था सुधार गर्न यस्ता सकारात्मक कार्यक्रमले उर्जा मिल्ने भएका यस कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ ।

आगामी दिनहरुमा पनि नलगाडको समग्र शैक्षिक अवस्था सुधार गर्न यस्ता रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने संयोजक पुनले बताए ।
कार्यक्रममा नेविसं जिल्ला अध्यक्ष अनिस कुमार कार्की,नेका जिल्ला सह सचिव तथा प्रवक्ता छवि पन्त,नलगाड नगरपालिका शिक्षा शाखा प्रमुख दलविर वि क लगायतको उपस्थिति रहेको थियो ।

 

  • ३० असार २०८२, सोमबार २०:०४ प्रकाशित
  • सम्बन्धित