जाजरकोट विद्युत प्रकरण ः मृतक चन्द थिएनन् कर्मचारी,विद्युत कार्यालयको लापर्वाही
  • विदुर न्युज

जाजरकोट । जाजरकोटको नलगाडमा विद्युतको पोलमा चढेका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका ७ का शिशिर चन्द रहेका छन् । केही दिन देखि नलगाड ४ मा विद्युतको तार जलेर विद्युत आपुर्तिमा समस्या आएको थियो । चन्द विद्युतमा आएको समस्या समाधान गर्न पोलमा चढेका थिए ।

चन्दको मृत्यु रहस्यमय छ । यसबारेमा अनुसन्धान भइरहेको बताइएको छ । यो घटना सोमबार बिहान करिब ९ बजेतिर भएको थियो । मृतक चन्द १८ वर्षका थिए । उनी पोलमा टाउको जमिन तिर खुट्टा माथि तिर रहेको अवस्थामा फेला परेको थिए । एउटा खुट्टा पोलमा झुन्डिएको र अर्का्े खुट्टा लट्किएको अवस्थामा थियो ।

मृतक चन्द विद्युतका कर्मचारी थिएनन्
मृतक चन्द विद्युत कार्यालयका कर्मचारी नरहेको बताइएको छ । वडा नं ३ र ४ मा विद्युत लाइन जोड्न त्यहाका कर्मचारी चन्द बुढा र सत्य जैसी गएका थिए । उनीहरुले मृतक चन्दलाई लाइन जोड्न जाउ भनि साथमा लिएको देखिन्छ । विद्युतको जस्तो संवेदनशील कार्यमा अदक्ष व्यक्तिलाई काममा लिनु विद्युत प्राधिकरणको लापर्वाही देखिन्छ ।

घटना पछि कर्मचारी बुढा र जैसी फरार थिए । अहिले उनीहरुलाई प्रहरीले समातेको वडा नं ४ का वडा अध्यक्ष बद्री पन्तले जानकारी दिए । अध्यक्ष पन्तका अनुसार घटनाको सत्य तथ्य जानकारी पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

  • ३० असार २०८२, सोमबार १४:१६ प्रकाशित
  • सम्बन्धित