ड्राइगन खेतीबाट आम्दानी गर्दै भेरी १ का कृषक हिम बहादुर
  • विदुर न्युज

जाजरकोट । भेरी नगरपालिका वडा नं १ का कृषक हिम बहादुर वलीले ड्राइगन खेतीबाट आम्दानी गरिरहेका छन् । वलीले आफ्नै घर छेउको करिब एक रोपनी जग्गामा ड्राइगन खेती गरेका छन् । उनको ड्राइगन खेती यतिबेला फस्टाउदै गएको छ । फस्टाउदै गएको ड्राइगन खेतीबाट वलीले मनग्गे आम्दानी गरिरहेका छन् ।

Open photo

वलीले करिब दुई वर्ष अगाडी मोबाइलमा देखेको भरमा ड्राइगन खेतीको सुरुवात गरेका थिए । यसको बारेमा सुरुवात देखि नै मोबाइललाई शिक्षक बनाएका थिए । सुरुमा मोबाइलमा देखे पछि यसको खेती हाम्रो जस्तो वातावरणमा हुन्छ की ? भनेर विचार गर्नको लागि लगाइएको वलीको भनाइ छ । वली भन्छन्,“यो खेतीे अन्न उब्जाउने जग्गामा चुनौती मोलेर सुरु गरे ।” उनी भन्छन्,“यसबाट कस्तो प्रतिफल आउछ भन्ने थाहा थिएन ।” सुरुमा करिब ८५ हजार रुपैया लगानि गरेको वली बताउछन् । तर वलीले पहिलो वर्षमै लगानी उठासकेका थिए ।

No description available.

यतिबेला ड्राइगन खेतीको दोस्रो वर्ष चलिरहेको छ । वर्ष थपिएसंगै ड्राइगन खेतीको उत्पादनमा पनि वृद्धि भएको छ । सुरुको वर्षमा लगानी मात्रै उठाएका वलीले यस वर्ष भने दोब्बर कमाइ हुने आकलन गरेका छ । ड्राइगन पाक्ने सिजन असार देखि असोजसम्म हो । ड्राइगन पाकेसंगै किन्नको लागि मानिसहरु खेतसम्मै पुगिरहेका छन् ।

अरु खेती जस्तो ड्राइगनलाई गोडमेल गर्न नपर्ने र सजिलै उत्पादन हुने भएकाले निकै सजिलो भएको कृषक वलीको भनाइ छ । वलीले ड्राइगन खेती मात्रै गरेका छैनन् त्यसै जग्गामा अन्य तरकारी पनि उत्पादन गरिरहेका छन् । उनले सिजन अनुसार बन्द,प्याज र अन्य तरकारीहरु व्यावसायिक रुपमै उत्पादन गरि आम्दानी गरिरहेका छन् ।

यो फलको बारेमा यहाका मानिसलाई त्यति थाहा नभएको कारण बजारीकरणमा भने केही समस्या भएको वली बताउछन् । तर पहिलो वर्षभन्दा यस वर्ष धेरैले यस फल बारे थाहा पाएको वलीको भनाइ छ । ड्राइगन फलको बारेमा थाहा पाएकाहरु खेतमै किन्न जान्छन् भने अरु बेच्नको लागि वली खलंगा बजारसम्म धाउछन् । बारीमै किन्न जानेहरुले रु तीन सय किलो पाउछन् । तर बजारसम्म ल्याए तीन सय पचास रुपैयामा बिक्री गरिरहेको वलीको भनाइ छ ।

ड्राइगनबाट भएको आम्दानीले वलीले छोराहरुको पढाइ खर्चदेखि घर खर्च चलाइरहेका छन् । कृषि फर्म दर्ता गरि स्थानीय तहसंग समन्वय गरेर यसलाई विस्तार गर्ने वलीको योजना छ । ड्राइगन फलको खेतीबाट वली आफू सन्तुष्ट भएको बताउछन् ।

जाजरकोटमा पनि ड्राइगन फल खेतीको राम्रो सम्भावना रहेको पाइएको छ ।

  • २५ असार २०८२, बुधबार २२:०६ प्रकाशित
  • सम्बन्धित