जाजरकोट । जाजरकोटका उत्कृष्ट शिक्षकमा तीन जना छनोट भएका छन् । जस मध्ये माध्यमिक तह तृतिय लक्ष्मी खत्री,निम्न माध्यमिक तह द्धितीय जय बहादुर थापा र प्राथमिक तह प्रथम अच्युत प्रसाद शर्मा रहेका छन् ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेतले जाजरकोट जिल्लाका तीन जनालाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरी सम्मान गरेको हो ।
उत्कृष्ट शिक्षकमा छनोट हुने लक्ष्मीले हाल बारृेकोट गाउपालिका लिम्साका रहेको श्री विरेन्द्र एश्वर्य माध्यमिक विद्यालयका अध्यापन गराउदै आइरहेकी छिन् । त्यस्तै उत्कृष्ट शिक्षकमा छनोट भएका अर्का शिक्षक थापा हाल छेडागाड नगरपालिका १३ दशेरामा रहेको श्री जनप्रिय माध्यमिक विद्यालयमा अध्यापन गराउदै आइरहेका छन् भने भने शर्माले भेरी नगरपालिका वडा नं ४ मा रहेको श्री रामजानकी प्राथमिक विद्यालयमा अध्यापन गराउदै आएका छन् ।
शर्माले शिक्षण पेसामा लामो अनुभव बटुलेका छन् । उनी आउदो भाद्र १५ गते शिक्षण पेसाबाट अवकास लिदै छन् ।
उत्कृष्ट तीन शिक्षकलाई शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै नगद ३५,००० ९पैंतीस हजार रुपैयाँ० सहित प्रशंसा–पत्र प्रदान गरिएको हो।
आ।व। २०८१र०८२ को कार्यक्रमअनुसार उत्कृष्ट शिक्षक छनोट गर्दा शिक्षा क्षेत्रमा समर्पण, निष्ठा, पठनपाठनको प्रभावकारिता, सामुदायिक सहभागिता, विद्यार्थीमा सकारात्मक परिवर्तन जस्ता सूचकलाई मापन गरिएको थियो।
सबै सूचकको मापन गर्दा तीन जना उत्कृष्टमा परेको हुन् । उनीहरुलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री मा.धनश्याम भण्डारीको प्रमुख उपस्थिति रहेको थियो ।
प्रशंसा–पत्रमा उल्लेख भएअनुसार, शिक्षण पेशालाई थप मर्यादित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिएका उत्कृष्ट शिक्षकहरुबाट शैक्षिक क्षेत्रमा थप प्रभावकारी भूमिको अपेक्षा गरिएको छ ।