कुदुमा पहिलो पटक धान रोपाइ,भेरीले कुदुमै मनाउदै धान दिवस
  • विदुर न्युज

जाजरकोट । जाजरकोट भेरी नगरपालिका वडा नं १३ कुदुमा इतिहासमै पहिलो पटक धान रोपिएको छ । पिउने पानीकै अभाव हुने कुदुमा सिचाइ सुविधा पुगेसंगै रोपाइ गर्न लागिएको स्थानीय बताउछन् । एकिकृत कर्णाली सिँचाइ विकास आयोजना अन्तर्गत सोलार प्रविधि प्रयोग मार्फत कुदुमा चार गाउमा पुग्ने सिँचाइ सुविधा पुगेको हो । सिँचाइ सुविधा भएसंगै त्यहाका किसानहरु रोपाइ गर्न लागेको बताइएको छ ।

भेरी नगरपालिकाको इतिहासमै पहिलो पटक रोपाइ भएको हुनाले नगरपालिकाले यस वर्षको राष्ट्रिय धान दिवस कुदु मनाउन लागेको कृषि शाखा प्रमुख भोला खत्रीले बताए । कृषकहरुको हौसलाका लागि कुदुमा मनाउन लागिएको खत्री बताउछन् ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटको समन्वय र भेरी नगरपालिकाको आयोजनामा धान दिवस मनाउन लागिएको छ । उक्त कार्यक्रममा जिल्लाका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहने जनाइएको छ ।

पहिलो पटक सिँचाइको व्यवस्था भएसंगै वर्षौ देखि बाझो रहेको खेतमा धान रोप्न पाउदा कुदुका कृषकहरुले खुसि व्यक्त गरेका छन् ।

जिल्लाका अन्य पालिकाहरुमा पनि भव्यताका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ ।

  • १५ असार २०८२, आईतवार १०:१० प्रकाशित
  • सम्बन्धित