वडा स्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम प्रदान
  • विदुर न्युज

भेरी । जाजरकोटको भेरी नगरपालिकाले वडा स्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपद व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेको छ । भेरी नगरपालिकाको विपद शाखाको सहजिकरणमा भेरीका १३ वटै वडाका वडा स्तरीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपद व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेको हो ।

पालिकाले भेरी नगरपालिकाका १३ वडाका पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ । यस अघि पालिकाले भेरीका १० वटा वडामा तालिम सञ्चालन गरिसकेको छ । शुक्रबार र शनिबार भेरी नगरपालिका वडा नं म १ मा तालिम सञ्चालन गरेको थियो । यसपछि पालिकाले वडा नं २ र ३ मा तालिम सञ्चालन गर्ने छ ।

तालिममा पदाधिकारीहरुलाई विपदको बारेमा जानकारी दिने,विपद प्रतिकार्य गर्ने तरिका लगायका बारेमा जानकारी दिएको भेरी नगरपालिकाका विपद शाखा प्रमुख यज्ञश्वर गौतमले जानकारी दिए । समितिका पदाधिकारीहरुको विपद सम्बन्धि व्यक्तिगत क्षमता विकास गर्ने उदेश्यले पालिकाले यो तालिमको सुरुवात गरेको गौतमले जानकारी दिए ।

भेरी नगरपालिकाले अहिलेसम्म विपद व्यवस्थापनका क्षेत्रमा गरेका क्रियापलापका बारेमा पनि उक्त कार्यक्रममा जानकारी गराउने गरेको गौतमको भनाइ छ । त्यस्तै वडामा हुने विपदलाई रोक्न र क्षति पस्चात उद्धारमा लाग्न प्रेरित गर्ने उदेश्य तालिमको रहेको बताइएको छ । त्यस्तै भुकम्प पुणनिर्माणमा विशेष भूमिका निर्वाह गर्न समितिका पदाधिकारीहरुलाई अनुरोध गरिएको छ ।

त्यस्तै आगामी वर्षका लागि विपद व्यवस्थापनका क्षेत्रमा पालिकाले ४२ लाख रुपैया विनियोजन गरेको शाखा प्रमुख गौतमले जानकारी दिए । यस बजेटलाई विपद न्यूनिकरण गर्न समुदाय स्तरमा अभिमूखिकरण कार्यक्रम सञ्चालन गर्ने उदेश्य रहेको भेरी नगरपालिकाले बताएको छ ।

तालिमको प्रशिक्षण थानेस्वर पोख्रेल, हरि बहदुर बस्नेत, यज्ञ नाथ गौतम र लोकेन्द्र बोगटी प्रदान गरेका छन् ।

  • १४ असार २०८२, शनिबार २१:५० प्रकाशित
  • सम्बन्धित