भेरी १ का युवाहरुलाई लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
  • विदुर न्युज

भेरी । जाजरकोटको भेरी नगरपालिका वडा नं १ का यूवाहरुलाई लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ को आयोजना र भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भेरी नगरपालिका वडा नं १ का विभिन्न टोलबाट करिब ६० जना युवाहरुको सहभागिता रहेको थियो । शुक्रबार वडा नं १ को पिपेमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि युवाहरुलाई सकारात्मक सोचको विकास र युवाहरुको भूमिकाको बारेमा प्रशिक्षक गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेतले प्रशिक्षण दिएका थिए । त्यस्तै प्रशिक्षक धर्मराज परियारले युवाहरुको वर्तमान अवस्था र चुनौतीका बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै अर्का प्रशिक्षक सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले सहभागि यूवाहरुलाई लागुऔषधको परिभाषा,यसले पार्ने प्रभाव र यसको प्रयोग तथा बेचविखन गर्दा भोग्नु पर्ने कानुनी प्रावधानका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा यूवाहरुले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रमले यूवाहरुको सोच परिवर्तन गर्न सहयोग पु¥याएको सहभागि युवा गणेश विकले जानकारी दिए । त्यस्तै अर्का सहभागि डाइलविर रानाले वडा कार्यालयले युवाहरुको क्षेत्रमा यस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा खुसि व्यक्त गरे ।

्यूवाहरुको क्षमता विकास गर्न र समाजमा फैलदै गएको लागुऔषध दुव्र्यसन रोकथाम गर्न उक्त कार्यक्रमको आयोजना गरिएको वडा सचिव महेन्द्र बस्नेतले जानकारी गराए । उक्त कार्यक्रममा वडा सदस्य प्रजित राना र निर्मला रावतको उपस्थिति रहेको थियो ।

  • १४ असार २०८२, शनिबार १६:५६ प्रकाशित
  • सम्बन्धित