पत्रकार केवी दर्शन भेरी नगरपालिकाद्धारा सम्मानित
  • विदुर न्युज

भेरी। हाम्रो पहुँच डटकमकर्मी पत्रकार केवी दर्शन (कालीबहादुर नेपाली) सम्मानित भएका छन् । भेरी नगरपालिकालाई लागुऔषध मुक्त बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै नगद पुरस्कार सहित सम्मानित भएका हुन् ।

लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिएको छ । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धताः लागू औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता“ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस २०८२ को अवसरमा नगरपालिकालाई योगदान दिने पत्रकारहरु मध्ये उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।

भेरी नगरपालिकाले लागू औषध मुक्त नगर निर्माणको अभियानमा उल्लेखनीय योगदान पु¥याएका पत्रकार केवी दर्शनलाई सम्मानपत्र प्रदान गर्दै उनको योगदानको उच्च मूल्याङ्कन गरेको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख कालीबहादुर खत्री, विशेष अतिथि नगर प्रमुख चन्द्र प्रकाश घर्ती, सभापति प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती सहितले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख घर्तीले लागू औषधको दुरुपयोगले युवापुस्तालाई विनाशतर्फ धकेलिरहेकाले यस अभियानमा सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए । पत्रकार दर्शनले यो सम्मान आफूमा थप जिम्मेवारी थपिएको अनुभूति भएको भन्दै सामाजिक रूपान्तरणमा मिडियाको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

दिवसको अवसरमा गैरीखाली बाट थाप्ले सम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । भेरी नगरपालिकाले केही बर्षयता लागुऔषधमुक्त नगर बनाउने अभियान थालेको छ ।

पत्रकार केवी दर्शन विगत ५ बर्षदेखि हाम्रो पहुँच डटकको सम्पादकका रूपमा कार्यरत छन् ।

 

  • १२ असार २०८२, बिहीबार १०:३९ प्रकाशित
  • सम्बन्धित