जाजरकोट । जिल्ला स्तरीय सरोकरावालाहरुसंग युवा मानवअधिकार रक्षकहरुका सवालमा समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार तथा सामाजिक न्याय अभियान भन्ने मुल नाराका साथ बुधबार जाजरकोट सदरमुकामको एक होटलमा कार्यक्रम भएको थियो ।
संजालका अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह , गैर सरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव वस्नेत , भेरी ज्ञानोदय क्यम्प्सका क्याम्पस प्रमुख वलराम भण्डारी , ऐम्नेस्टि इन्टरनेशन नेपालका जाजरकोट संयोजक खम्ब जंग शाह , अन्र्तरपार्टी महिला संजालकाका अध्यक्ष राम छायाँ शाही,सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका कोषाध्यक्ष बालकुमार शर्मा तथा युवा मानव अधिकार रक्षक लगाएतका करिव व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जाजरकोटका युवा मानव अधिकार रक्षकहरुको सवालहरुका वारेमा वृहत छलफल भएको थियो ।
त्यस्तै सहभागिहरुलाई ५ समूहमा विभाजन गरेर जाजरकोटका युवा मानव अधिकार रक्षकका दिगो विकास,चुनौती र अवसरका बारेमा छलफल गरि प्रस्तुतिकरण गर्रिको थियो ।
कार्यक्रममा सञ्जाललाई सक्रिय बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । त्यस्तै जिल्लाका स्थानीय तहहरुले पनि युवाहरुको सवाललाई प्राथमिकतामा राखेर काम गर्न सञ्जालका अध्यक्ष विश्वकर्माले अनुरोध गरेका थिए ।
त्यस्तै मानव अधिकार सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले मानव अधिकारको मुद्धालाई बलियो बनाउन युवा पुस्ता लाग्नु पर्ने बताए । गैसस महासंघ जाजरकोटका अध्यक्ष सहदेब बस्नेतले युवाहरुलाई चुनौतीहरु भएता पनि सम्भावना पनि रहेकोले निरन्तर काम गर्न सञ्जाललाई आग्रह गरे ।
कार्यक्रम ग्रामिणमुखी युवा अभियान नेपाल (रोयम नेपाल ) एइआइएन लक्जम्बर ,जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक संजाल जाजरकोटको सहकार्य तथा आयोजनामा सम्पन्न भएको हो । सञ्जालले जिल्लामा युवाहरुका सवालका निरन्तर काम गरिरहेको छ ।