जाजरकोट । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, जाजरकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत खाद्यान्न सहयोग गरेको छ । सोमबार भेरी नगरपालिका(२, मादीचालीमा अवस्थित श्री नेपाल आमा अनाथ आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । आयोजित कार्यक्रममा शाखा प्रबन्धक तर्जन अधिकारी र आश्रमका अध्यक्ष सहदेवजग शाहलाई सामग्री हस्तान्तरण गरिएको थियो ।
आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाउँदै अधिकारीले भने, ूसामाजिक उत्तरदायित्व बैंकको केवल कागजी सिद्धान्त होइन, व्यवहारमै देखाउने काम हो । यद्यपि पनि हाम्राले शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गरेका छौँ, अब अनाथ बालबालिकाका लागि यो हाम्रो प्रयास हो,ू उनले भने ।
शाखा प्रबन्धक अधिकारीले नेपाल आमा अनाथ आश्रममा हाल २४ जना बालबालिका बसोबास गर्दै आएका छन् । खाद्यान्न सामग्री प्राप्त भएपछि विद्यार्थीहरुको दैनिक खानपानमा सहज मिलेको अध्यक्ष शाहले बताए । ूबैंकले गरेको यो सहयोगले हामीलाई मनोबल बढाएको छ । खाद्यान्न दैनिकीका लागि आवश्यक सामग्री पाएपछि बालबालिकाको व्यवस्थापनमा सहजता आएको छ,ू उनले प्रतिक्रिया दिए ।
यसअघि सिटिजन्स बैंकले त्रिभुवन माध्यमिक विद्यालय, खलंगामा खेलकुद सामग्री हस्तान्तरण गरेको थियो । समुदायगतिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अघि बढेको बैंकले विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्दै आएको जनाएको छ ।