जाजरकोट ।
भुकम्पको क्षतिको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटले सुरक्षकर्मी खटाएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सुचना मार्फत सबै सुरक्षाकर्मी खटाएकाृे जानकारी दिएको छ ।
प्रशासनका अनुसार भुकम्पका कारण अहिलेसम्म कुनै पनि क्षति नभएको जानकारी गराएको छ । साथै नागरिकहरुलाई सुरक्षित स्थानमा रहन अनुरोध समेत गरेको प्रशासनले जानकारी गराएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।
भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा समेत महसुस भएको थियो