कर्णालीका चार जिल्लाका आठ स्थानीय तहहरुको आयोजनामा ६ दिने तालिम सुरु
  • विदुर न्युज

जाजरकोट ।
कर्णालीका चार जिल्लाका आठ स्थानीय तहहरुको आयोजनामा ६ दिने तालिम सुरु भएको छ । कर्णालीका जाजरकोटका भेरी,नलगाड नगरपालिका र जुनिचादे गाउपालिका, डोल्पाको सेफोक्सुन्डो गाउपालिका, रुकुम पश्चिमको आठविसकोट नगरपालिका,सानीभेरी र त्रिवेणी गाउपालिका र सल्यानको सिद्धकुमाख गाउपालिकाको संयुक्त आयोजनामा नलगाडको दल्लीमा तालिम सुरु भएको हो । शुक्रबार २२ गते देखि सुरु भएको तालिम २७ गते बुधबारसम्म सञ्चालन हुने छ । कार्यक्रमको सहजिकरण सबैको लागि दिगो खानेपानी,सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले गरेको छ ।

तालिममा चार जिल्लाका ८ स्थानीय तहबाट करिब ३० जनाको सहभागिता रहेको सुस्वा आयोजना नलगाडका संयोजक चन्द्र पुनले बताए । तालिममा सहभागिहरुले ६ दिन सम्म जलवायु परिवर्तन अनुकलन,विपद जोखिम न्यूनिकरण,बायो इन्जिनियरिङ र मुलाधार साथै जलाधार व्यवस्थापन सम्बन्धि विषयमा जानकारी लिने कार्यक्रमका प्रशिक्षक शेर बहादुर श्रेष्ठले बताए । तालिम पश्चात सहभागिहरुले सम्बन्धित पालिकामा फर्केर काम गर्ने बताइएको छ ।

कार्यक्रमको सभाध्यमा नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावत थिए भने प्रमुख अतिथिमा आठविसकोट नगरपालिकाका प्रमुख रवि केसी थिए । त्यस्तै कार्यक्रममा जलवायु परिवर्तन अनुकलन र विपद जोखिम न्यूनिकरण विज्ञ उहो ह्यापुल्ला,नलगाड नगर उप प्रमुख देबका लामिछाने,सव डिभिजन वन कार्यालय नलगाडका कार्यालय प्रमुख लगायत सुस्वा आयोजनाका पालिका संयोजकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै केसीले तालिमको सफलताको शुभकामना दिएका थिए । पछिल्लो समय विकास निर्माणका क्रममा मानिसले गरेका अस्वभाविक क्रियाकलापका कारण पानीका मुहान सुक्ने र विपद जोखिम बढेको बताए । त्यसकारण यस मुलाधार,जलादार र सरसफाइ व्यवस्थापन अभियानलाई गाउस्तरसम्म लैजान आवश्यक रहेको पनि केसीले बताए ।

त्यस्तै तालिम उद्घाटन समारोहलाई समापन गर्दै नगर प्रमुख रावतले कार्यक्रम भव्य सफलताको शुभकामना व्यक्त गरेका छन् ।

  • २१ चैत्र २०८१, शुक्रबार २१:५० प्रकाशित
  • सम्बन्धित