क्लष्टर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
  • विदुर न्युज

जाजरकोट ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रिय कार्यालय काठमाडौं र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालन भैरहेको नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत क्लष्टर स्तरीय शिक्षक , अभिभावक , विव्यस , र बिध्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका वडा नम्बर – ६ गङ्गटियामा रहेको श्री भगवती आधारभुत विध्यालयमा कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटका सदस्य सुनिता सुनारको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि भेरी नगरपालिका वडा नम्बर ६ का वडा सचिव खिमराज बटाला हुनुहुन्थ्यो भने विशिष्ट अतिथि बिब्यस अध्यक्ष तिलक बहादुर सिंह थिए । जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक भुवन शाही , सस्थाका जिल्ला सदस्य कमला सुनार, शिक्षक , विव्यस पदाधिकारी , विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत अभिभावकहरुको सहभागिता रहेकोे थियो । अन्तरक्रियामा सरकारले निर्धारण गरेको निःशुल्क शिक्षा भएपनि दलित , सिमान्तकृत वर्ग यसको पहुँचबाट बाहिर रहेका छन् । शिक्षालाई दलित तथा सिमान्तकृत समुदायलाई आयाअर्जनमा पहुँच पुग्ने कार्यक्रम कसरी संचालन गर्न सकिन्छ । गन्धर्व समुदायको पहुँच उच्च शिक्षामा तथा प्राविधिक शिक्षामा कसरी पु¥याउने लगायतका विषयमा छलफल गरिएको थियो ।

दलित तथा सिमान्तकृत वर्गलाई लक्षित गरी यस संस्थाले जाजरकोट जिल्लामा छात्रवृत्ति कार्यक्रम संचालन गरिरहेको छ । संस्थाको छात्रवृत्ति कार्यक्रम जाजरकोटमा बिगत १२ वर्ष देखि जाजरकोट जिल्लाको स्थानीय तहहरु भेरी नगरपालिका , नलगाड नगरपालिका , छेडागाड नगरपालिका र कुशे गाउँपालिकामा संचालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले बताए । जाजरकोट जिल्लामा कक्षा १ देखि माष्टर डिग्री सम्म अध्ययन गर्ने विशेष लक्षित , अति जोखिममा परेका र रोल मोडेल गरि १२० जना बालबालिकाले नियमित छात्रवृत्ति प्राप्त गरिरहेका छन् ।

  • १४ फाल्गुन २०८०, सोमबार ०९:१० प्रकाशित
  • सम्बन्धित