आवाजको समुदाय स्तरमा सचेतनामूलक सडक नाटक
  • विदुर न्युज

जाजरकोट । आवाज संस्थाले जाजरकोटका समुदाय स्तरमा सडक नाटक संचालन गरेको छ । युनिसेफ र आवाज सस्थाको साझेदारीमा कर्णाली प्रदेशमा बाल बिवाह रोकथाम तथा न्यूनीकरण परियोजना अन्तरगत जाजरकोटका समुदायमा सडक नाटक कार्यक्रम संचालन गरिएको हो । कार्तिक १७ गते राती रामिडाडा केन्द्रविन्दु बनाइ गएको भुकम्पबाट प्रभावित क्षेत्र भेरी नगरपालिका वडा नं. १ पिपे ,मैदे, कोलचौर,रावतगाउ,ँ चौर र कालेगाउँमा सडक नाटक प्रदर्शन गरिएको थियो । त्यस्तै कालेगाउमा रहेको शिव व्यवसायि माध्यमिक विद्यालय र भेरी नगरपालिकाको समन्वयमा विभिन्न विषयमा छलफल भएको थियो । साथै चेतना मुलक सडक नाटक प्रदर्शन गरिएको थियो ।

सडक नाटकले समुदाय स्तरमा रहेको समस्या घरेलु हिंसा, बाल बिबाह , लैङ्गकि हिंसा ,महिनावारी, सामाजिक कुसंस्कार र सामाजिक व्यबहार परिवर्तन विषयमा र बाल हेल्पलाइन १०९८ को बारेमा दर्शकहरुमाझ प्रभावकारि रुपमा नाटकका पात्रले जानकारी गराएका थिए । उक्त नाटकको लेखन तथा निर्देशन आवाज संस्थाका पर्वत परियारले गरेका थिए ।

सडक नाटकको कथा हेरेर भेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिपक रानाले यस सडक नाटकले समुदायलाई सचेत गराउन मदत गर्ने र समाजमा बाल बिबाहको नियुनिकण गर्नमा ठुलो भुमिका खेल्ने बताएका थिए । साथै बालबालिका आफैले यस्तो सचेतना मुलुक सडक नट्क प्रदर्शन गरेर आफुले आफैलाई रुपान्तरण गरेको र यस्ले गर्दा समजमा रहेका विकृति र कुसंस्कारको अन्त्य गरी समाजलाई रुपान्तरित गर्नमा मदत पुग्ने वडा अध्यक्ष रानाले बताए ।

सडक नाटकले समुदाय स्तरमा भएका वास्तविक घटनाको चित्रण गरेको सडक नाटक हेर्न सहभागिहरुले बताएका छन् । नाटक हेर्न वडाका वडा सदस्य बिद्यालयका शिक्षक अभिभावकहरु सहभागि रहेका थिए । यस्ता चेतना बोकेका नाटकहरु तथा कार्यक्रमहरु समुदाय र विद्यालयमा निरन्तर प्रदर्शन गर्न आबश्यक रहेको सहभागिहरुले बताएका छन् ।

  • १० फाल्गुन २०८०, बिहीबार ०७:११ प्रकाशित
  • सम्बन्धित