नगर बस सन्चालन पछि पनि १ नं वडा वासीहरुलाई यातायातमा असहजता
  • विदुर न्युज

जाजरकोट ।
भेरी नगरपालिकाले दुई वटा नगर बस सन्चालन गरेको छ । नगरवासीहरुलाई यातायातमा सहज होस भनेर पालिकाले नगर बस सन्चालन गरेको हो । गत मंसिर २९ गते शुक्रबार पालिकाले विधिवत तरिकाले नगर बसको उद्घाटन गरि सन्चालनमा ल्याएको हो ।

पालिकाले नगर बस सन्चालनमा ल्याए पछि सस्तो भाडा दरमा यात्रा गर्न पाइने भयो भनेर नगरवासी खुसि थिए । यसको खुब प्रसंशा पनि गरे । पालिकाले चौतर्फी प्रसंशा पनि बटुल्यो । नगर बस सन्चालन पछि सदरमुकामसम्म सजिलै जान पाइने भयो भनि नगरवासीहरु खुसि थिए । यसले पालिकाका पश्चिमवासी र वडा नं २ का नागरिकको लागि भने राहत पु¥याएको नै हो । वडा नं २ का वासीन्दाहरुले छोटो दुरीमा नै महंगो भाडा तिरेर जानु पर्ने अवस्थाबाट भने छुटकारा पाए । कुशे वासीहरुका लागि पनि कोशे ढुङ्गा नै सावित भयो ।

तर नगर बसको रुट यस्तो भइदियो की नगर बस सन्चालन हुने कुराले खुसि भएका भेरी नगरपालिका १ का नागरिक भने निरास हुन पुगे । भेरी नगरपालिका वडा नं १ जिल्ला सदरमुकाम जाजरकोटसंग सिमाना जोडिएको वडा हो । यहाँका नागरिकहरु वर्षौं देखि यातायातको पिडा भोगिरहेका छन्् । समयको कुरा गर्ने हो भने वडा नं १ रावतगाउबाट सदरमुकाम आउन तिस मिनेट लान्छ । तर चौडा पिच गरेको सडक आगनैमा हुदा बसको आस गरेर बस्नु पर्छ । नजिकैको सेवा प्रयोग गर्न खोज्दा घन्टौं पर्खिनु पर्ने रहेको स्थानीयले बताउछन् । मानिसहरु विहान खलंगा आएर साझ घर फर्कन चाहन्छन् । यातायातका साधनको भने कुनै ठेगान नै नहुने स्थानीय गनेश वि क को गुनासो छ । नगर बसले यसको सामाधान गर्छ भन्ने सोचे पनि समस्या जहाको त्यही रहेको भेरी नगरपालिका १ रावतगाउका स्थानीय रमेश सुनारले बताउछन् । उनी भन्छन्,’मानिस खलंगा जाने बेलामा नगर बस कालीमाटी तिर जान्छ ।’ सहज यातायात नहुदा कृषि तथा पशुपालन व्यवसायलाई पनि आघात पुगेको छ । तरकारीको हबको रुपमा चिनिने ज्यामिरे,पिपे,रावतगाउ र कालेगाउका किसानले तरकारी कुहाएर फाल्नु पर्ने बाध्यता छ । विहान खलंगा जाने साझ कालीमाटी तिर जाने बसको समय मिलाए वडा नं १ का वासिन्दालाई राहत हुने स्थानीय निरज रानाले बताए ।

उता पालिकामा भनेखदुई वटा मात्र बस सन्चालन हुदा यस्तो समस्या आएको भेरी नगरपालिकाले बताएको छ । वडा नं १ तिर जाने बस बिहान छेडागाड,स्याउली,जगतिपुर,कुदु हुदै खलंगा आउने त्यही बस वडा नं १ हुदै कालीमाटीसम्म जानु पर्ने भएका कारण यस्तो समस्या आएको पालिकाको दाबि छ । यसको समाधानको उपाए निकाल्ने पनि पालिकाले बताएको छ ।

  • ११ माघ २०८०, बिहीबार १९:५४ प्रकाशित
  • सम्बन्धित