शिक्षा,समाज र रोजगार…
  • भुपेन्द्र नेपाली

शिक्षा समाज र रोजगारका बीच जटिल सम्बन्ध छ । शिक्षाले समाज र रोजगारलाई प्रभावित पार्छ र समाज र रोजगारले शिक्षालाई प्रभावित पार्छ । यी तीनै मानवका लागि अति आवश्यक पर्दछन् । समाजमा व्यापक बजारीकरण हुँदैछ,जसले परिवार र समाजलाई जोड्ने बन्धनहरुलाई खुकुलो र कमजोर पारिरहेको छ । शिक्षाको माध्यमबाट समाजलाई विकास र रोजगारमा समाहित गर्न सकिन्छ ।

निस्वार्थ भावनाबाट गरिने समाज सेवाले पहिलो खुट्किलोको रुपमा शिक्षालाई अगाडि बढाउनु पर्छ । अनि मात्र रोजगारको क्षेत्रहरु विस्तार गर्न सकिन्छ । शिक्षामा सुधार ल्याउने प्रयासहरुले व्यवहारिक,व्यावसायीक तथा प्रविधिमूलक शिक्षामा जोड दिन्छ । राम्ररी पढाउने विधि तथा रोचक पाठ्यपुस्तक जस्ता कुरामा यसको ध्यान बढि केन्द्रित हुन्छ । केवल औपचारिक रुपमा विद्यालय गई शिक्षा प्राप्त गर्नुले मात्र सैद्धान्तिक रुपबाट गरिने परिवर्नतको सीमित मापदण्डमा रहेको गतिहीन समाजको शिक्षासँग धेरै अपेक्षा राखेका हुँदैनन् । राम्रो शिक्षा प्राप्त गरे जागिर पाइन्छ भन्ने आमधारणा छ । तथापि त्यो धारणा सबैको पूरा हुन सक्दैन । समाजमा बढ्दो अवस्थामा रहेको बेरोजगारको संख्याले यसलाई पुष्टि गर्दछ । शिक्षाले गर्दा समाजको चेतनास्तर र विकासक्रमलाई निकै फेरबदल बनाइदिएको हुन्छ ।

खेती किसानीमा रमाउने व्यक्तिदाताहरुले पनि नयाँ नयाँ प्रविधिद्वारा काम गर्न र रमाउँन चाहन्छन् तर सरकारले स्पष्ट नीति नियम कार्यक्रम र आर्थिक सहयोग, विऊ विजन मलखाद समयमा उपलब्ध गराउँन नसक्दा किसानहरु खासै यसमा भविष्य देखिदैन भन्दै पेशा परिवर्तन गरिरहेको अवस्था पनि देख्न सकिन्छ । कृषि औजार, प्रयोग र तालिमको अभावमा छटपटाई रहेका किसानलाई शिक्षा मार्फत सीपयुक्त तालिम र पढाईमा खर्च गर्न सरकार डराउनु हुँदैन । किन भने एउटा किसान जसले आफ्नै देशमा सुन्दर भबिष्यको अनुभूति गर्न उनि उ प्रदेशी बन्न बाध्य हुन्छ । उसको सन्तानले पनि हाम्रो देशमा आफ्नो भबिष्य कतै देख्दैन अनि आफ्नो स्कुले जीवन पश्चात् उ पनि खाडीमा काम गर्नका लागि तयार हुन्छ । यदि यसरी किसानले खेती गर्न छोडे भने धान, गहुँ, मकै, कोदो, जौं लगायत अन्य खाद्यान्नको उत्पादन कम हुन्छ र देश परनर्भर बन्छ ।

वर्तमान समयको शिक्षा पद्धति दुई धारमा छ । एउटा हुने खाने वर्गहरुको लागि र अर्को हुँदा खाने हुँदा खाने वर्गहरुको लागि, हुने खाने परिवारको विद्यार्थी सानै उमेर देखि निजी तथा गुणस्तरिय विद्यालयमा अध्ययन गर्छ उसको बेस राम्रो हुन्छ र उ पछि राम्रो कलेज जान्छ । सरकारी कार्यालय,कम्पनी तथा कारखानाहरुमा जागीर पाउने कुरामा विश्वस्त हुन्छ । तर हुँदा खाने परिवारको विद्यार्थी गुणस्तरिय शिक्षाको पहुँचमा पुग्दैन् । अनि उसको बेस नै कम्जोर हुन्छ र कलेजमा पढ्नकै लागि कठोर मिहिनेत र आर्थिक जोहो गर्नु पर्छ । विभिन्न समस्याका बाबजुत पढे तापनि जागीर पाउने सम्भावना असाध्यै धमिलो हुन्छ । हाम्रो समाजमा अहिले पनि हुने खाने र हुँदा खाने असामान्य परिवारहरुको बसोबास रहेको पाउँछौ त्यो समाजमा रोजगारीका अवसरहरु टाठा बाठाले मात्र प्राप्त गरेका हुन्छन् अनि निमुखा र भनसुन गर्ने व्यक्ति नभएका गरीबगुरुवाका परिवारलाई रोजगार तथा सीपमुक्त तालिम प्राप्त गर्न निकै कठिनाई देखिन्छ ।

यसले गर्दा विभिन्न कालखण्डमा भएमा परिवर्तनहरु दिगो र भरपर्दाे हुन सकेका छैनन् । समाजमा धनी र गरीबीको खाडल निकै फराकिलो भैरहेको छ । यो विभेद पूर्ण खाडललाई पूर्ण सबैका लागि व्यवहारिक,व्यवसायीक तथा प्रविधि मैत्री शिक्षाको अवश्यकता छ । जसको पहुँचमा हुने खाने र हुँदा खाने सबै वर्ग समुदायका नागरिकहरु हुनुपर्छ । सबै विद्यार्थीले ज्ञान आर्जन गर्ने थालो एउटै हुनुपर्छ । जहाँ धनी र गरीब परिवारका विद्यार्थीले पढ्ने विद्यालय र कक्षाकोठा एउटै हुनुपर्छ । पढ्ने,क्रियाकलाप गर्न सकिने र प्रयोगात्मक तथा विषय वस्तुसँग मेलखाने सामाग्रीहरु सबैका लागि उपलब्ध हुने वातावरण सरकारले मिलाउन सक्नु पर्छ अनि मात्र शिक्षाले रोजगारका साथै समाजलाई परिवर्तन गराउन सक्छ ।

आवश्यकता पर्दा सजिलै उत्पादन गर्न र आयश्रोतको बाटो खुल्ला बनाइदिनु नै शिक्षा हो । समाजमा बेरोजगार थप्दै जाने अनि मीठा शब्द र भाषणले मात्र रोजगारी हुने शिक्षा समाजले प्राप्त गर्न सक्दैन । शिक्षा एवम् सँस्कारले कुनै पनि व्यक्तिको जीवनमा उच्चतम आत्म विश्वास पैदा हुन्छ । खेती कसरी गर्ने उत्पादन कसरी बढाउने व्यवसायलाई कसरी आधुनिकीकरण गर्ने विक्रेतासम्म पु¥याउने बाटो,पुल,नाला,आदी कसरी गुणस्तरीय बनाउने ताकि धेरै बर्षसम्म टिकाउ र गुणस्तरी बनाउनका लागि योग्य र सिपालु व्यक्तिको आवश्यकता पर्दछ । ती काम प्रयोजनका लागि पनि शिक्षा कै आवश्यकता पर्दछ । त्यैले जीवनमा अरु काम पनि हुने गर्दछ । कसैले सीप सिक्ने कसैले सैद्धान्तिक तथा व्यवहारिक र प्रयोगात्मक शिक्षा मार्फत सिकेर समाजलाई शिक्षित बनाउँदै अगाडि बढ्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरेपछि शिक्षा,समाज र रोजगारको सम्बन्ध निकै सुदृढ भएर जान्छ ।

  • ४ माघ २०८०, बिहीबार २०:०६ प्रकाशित
  • सम्बन्धित