जाजरकोट ।
जाजरकोट खलंगामा आज दिनभर बत्ति जाने भएको छ । आज बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बत्तिको लाइन काटिने छ ।
जिल्ला स्थित गैरीखाली बसपार्कमा बिनmुीका तारहरु निकै तल भएको कुनै पनि अवस्थामा तार सटहुने भएकाले यसबाट हुने मानवीय क्षतिलाई रोक्न आज मर्मत गरिदै छ । विगतका दिनमा पनि यहा तार सट भएको घटनाहरु छन् । अब यस्ता अप्रिय घटना आगामि दिनहरुमा नहोस भनि मर्मत गर्न लागेको विद्यूत प्राधिकरण जाजरकोटले एक सुचना मार्फत जानकारी गराएको छ । बेलुका ४ बजे पछि भने बत्ति बल्ने प्राधिकरणले जनाएको छ ।