काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले व्यवस्थापनतर्फको चारवर्षे बिबिएस चौथो वर्षको २०७८ साल पुस(माघमा भएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। त्रिविले परीक्षाफल आज प्रकाशित गरेको हो।
त्रिविले परीक्षाफल वेबसाइटमा हेर्न सकिने जनाएको छ। मार्कसिट भने सम्बन्धित कलेजबाटै वितरण हुने पनि त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

























