विद्यालयलाई प्राथमिक उपचार बाकस वितरण
  • विदुर न्युज

जाजरकोट ।
भेरी नगरपालिकाका ६ वटा विद्यालयलाई प्राथमिक उपचार बाकस वितरण गरिएको छ । बुधबार खलंगामा एक कार्यक्रम गरी उक्त बाकस भेरीका नगर प्रमुख चन्द्र प्रकाश घर्तिद्दारा विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । बालबालिका तथा यूवा सशक्तिकरण परियोजना कार्यक्रम अन्तर्गत यूवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटले भेरी नगरपालिकाका ६ वटा विद्यालयलाई उपचार बाकस वितरण गरिएको यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेब बस्नेतले जानकारी दिए ।

बाकसको सहायताले विद्यालयमा बालबालिकाले प्रकोप व्यवस्थापनमा पुर्व तयारी गर्न सहयोग पुग्ने र स्वास्थ्यमा समस्या आए प्राथमिक उपचारका लागि सहज हुने अनुमान गरिएको छ । प्राथमिक उपचार बाकस पाउदा विद्यालयमा विभिन्न प्रकोप तथा स्वास्थ्य समस्या आए बाकसको सहायताले तत्काल हुने अप्रिय घटनाबाट बच्न सक्ने बाग्यश्वरी आधारभूत विद्यालयका बालश्रोत शिक्षक टोपेन्द्र परियारले बताए ।

यो कार्यक्रम निकै प्रभावकारी रहेकोले आगामी दिनमा भेरी नगरपालिकाले पनि यस्ता कार्यमा यार्सनसंग सहकार्य गरेर काम गर्ने नगर प्रमुख घर्तिले प्रतिबद्दता गरेका छन् ।

  • २८ पुष २०७९, बिहीबार १०:०९ प्रकाशित
  • सम्बन्धित