महिनामा पाँच करोडको चुईङ्गम आयात
  • विदुर न्युज

काठमाडौ ।
गत ५ महिनामा नेपालमा झण्डै २६ करोडको चुईङ्गम आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म २५ करोड ९३ लाख ४ हजार रूपैयाँको चुईङ्गम आयात भएको हो ।

भारत, श्रीलङ्का, टर्कि, बेलायत र अमेरिकाबाट नेपालले चुईङ्गम आयात गरेकोमा सवैभन्दा धेरै भारतबाट मात्रै २५ करोड ४ लाख रूपैयाको चुईङ्गम आयात भएको छ ।

यो गतवर्षको सोही अवधिको तुलनामा एक करोड ७३ लाखले कम रहेको भन्सार विभागका सुचना अधिकारी पुन्यविक्रम खड्काले बताए ।

गत आर्थिक वर्ष ३२ करोड ६ लाख मूल्यको चुईङ्गम आयात गरिएको थियो ।

  • २८ पुष २०७९, बिहीबार ०८:११ प्रकाशित
  • सम्बन्धित